September 6, 2017  

घरमा बिहानैबाट तयारी जोडतोडले भैरहेको थियो । मदनकृष्ण श्रेष्ठ र यसोधा उपाध्यय श्रेष्ठले जोडी बाधेको ४४ बर्ष पुरा भएको थियो । रोगलाई जितेर आत्मविश्वास बढाएर जीवन बिताईरहेका यी दुईले जिन्दगीको गोरेटो साथ विताएको ४४ बर्ष पुरा भैसकेको थियो । घरमा रमाईलो गर्ने कार्यक्रम चलिरहेको थियो । तर मदनकृष्ण श्रेष्ठको मनमा भने अर्कौ हुटहुटि थियो ।

औडाहा थियो केहि सन्त्रास पनि थियो । कारण थियो उनि आफ्नो आत्मकथा विमोचनको तयारीमा रहेका थिए । उनकै योजना र अनुरोध अनुसार फाइन प्रिन्टले मदनकृष्ण श्रेष्ठको वैवाहिक बर्षगांठको दिन नै पुस्तक विमोचन कार्यक्रम राखेको थियो ।

देशका सम्मानित र विशिष्ट व्यक्तिहरुको बाक्लो उपस्थितिमा पुस्तक उनका सहयात्री हरिवंश आचार्यको हातबाट विमोचन गरियो ।

अनि ‘महको म’ नाम जस्तै सार्थक बन्यो त्यो कार्यक्रम । महका ‘म’ अर्थात् मदनकृष्ण श्रेष्ठले लेखेको पुस्तक ‘ह’ अर्थात् हरिवंश आचार्यबाट विमोचित भयो । दुवैले सहयात्रा गरेको पनि त ३७ बर्ष पुगीसकेछ । सायद यी दुवैले आफ्नो परिवार पश्चात सवैभन्दा बढी समय एकअर्का संग नै बिताएका होलान् अथवा त्यो भन्दा पनि बढी ।

३७ बर्षको सहयात्रा सम्झंदा दुवै भावुक बनेका थिए । जसले निरन्तर देशविदेशका कार्यक्रममा संगै सहयात्रा गरे अहिले उमेर ढल्कदै गर्दा पनि एकअर्काको साहारा बन्न छाडेका छैनन् । कलाकारिताको लागि जसरि दुवै विना ‘मह’ बन्न अपुरो थियो दुवैको जिन्दगि पनि एक अर्का बिना सार्थक छैन । मन्चमा बोल्दै गर्दा हरिवंश आचार्य पटकपटक मदनकृष्ण श्रेष्ठलाई नमन गरिरहेका थिए । उनले ‘जीवनसंगिनी’ को उपमा दिन नसेकपनि ‘जीवनदाई’ भनेर पटकपटक सम्बोधन गरिरहेका थिए ।

सायद यी दुईले संगै सहयात्रा नगरेको भए मात्रै हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ मात्रै बन्थे तर सिंगो देशले गर्व गर्नसक्ने ‘मह जोडी’ सायदै बन्थे ।
हरिवंश आचार्य पटकपटक स्मरण गराउदै थिए, जीवनमा उनले मदनकृष्णलाई एउटा कुरामा मात्रै जित्न सफल भएका छन् । त्यो हो पुस्तक निकाल्न । हरिवंशले ‘चिना हराएको मान्छे’ र ‘ हरिवाहदुर’ पुस्तक निकालेका छन् ।

मदनकृष्ण श्रेष्ठले ‘महको म’ प्रकाशन गर्न निकै लामो समय लगाए । न उनलाई उनको हातले लेख्नको लागि साथ दिन्थ्यो न श्रीमतीको स्वास्थ्य पीडाले उनको हौसला माथि उठ्थ्यो । तर पनि दाहिने हातलाई देब्रे हातले धकेल्दै उनले पुस्तक तयार परे, त्यो पनि १ लाख २० हजार बढी शब्दको  । उनको हौसला र लेख्ने जोशलाई हरेकले नमन गरिरहेका थिए । उनि आफै पनि चिप र व्याट्रीको सहाराले जीवन अगाडी चलाईरहेका छन् ।

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...

बर्षाले गरिन् मायज व्युटी पार्लर उद्घाटन

चलचित्र प्रमोशनको बेला कलाकारको सक्रियता निकै बेजोडको हुने गर्दछ। रिलिज...

भारतीय गायक सनम संग मिस नेपाल अश्मीको प्रेम

मिस नेपाल २०१६ अश्मी श्रेष्ठले अन्तन: आफ्नो प्रेमी सार्वजनिक गरेकी...

‘डि सिने अवार्ड – २०७६’- सलिन र नम्रता उत्कृष्ट नायक-नायिका

शनिबार राजधानीमा एघारौं 'डि सिने अवार्ड - २०७६' सम्पन्न भएको...

भारतमा श्वेताको शल्यक्रिया लेख्छिन्, ‘जीवनले फेरि मसँग अर्को खेल खेल्यो ।’

अभिनेत्री श्वेता खड्का यतिबेला भारतमा अस्पताल भर्न भएकी छिन्। उनलाई...

तीन रियल लाईफ जोडी, जो देखिदैछन् साथ चलचित्रमा

बर्ष २०७६ धेरै चलचित्रका लागी प्रतिक्षित रहेको छ। रिल लाईफमा...


image