August 2, 2017  

जमाना अनलाईन मिडिया संगै युट्युवको रहेको छ। को कति हिट छ भन्ने कुराको आंकलन आजकल युट्युवबाट गर्न थालिएको छ। युट्युवमा सर्वाधिक भ्यु बनाउन देखि ट्रेन्डीङमा नम्बर १ बनाउन खुवै कसरत हुने गर्दछ। कुन चलचित्र कति हिट, कुन गीत कति सफल आजकल युट्युववाट नै मापन हुनेगर्दछ।

युट्युवको भ्युजलाई नै आधार मान्ने हो भने चलचित्र क्षेत्रका लागी पछिल्लो समयका सर्वाधिक सफल गायक तथा संगीतकारको रुपमा राजनराज शिवाकोटी छन्। सवैलाई विधितै भएको कुरा हो नेपाली चलचित्रका जम्मा ६ वटा गीतले करोड माथिको भ्युअर्स बनाएका छन्।

वडा नम्बर ६ को ‘सुर्के थैली खै…’, छक्का पन्जाको ‘पुर्व पश्चिम रेल..’, दुई रुपैयाँको ‘कुटुमा कुटु…’ , पर्वको ‘काले दाई…’, लुट २ को ‘ठमेल बजार…’ र हाउफन्नीको ‘सिरैमा शिरावन्दी…’ गीतले अहिलेसम्म करोड माथिको भ्युअर्स पाएका छन्।

यी ६ गीत मध्ये तीनवटा गीत राजनराजका रहेका छन्। वडा नम्बर ६ को ‘सुर्के थैली खै…’, छक्का पन्जाको ‘पुर्व पश्चिम रेल..’, दुई रुपैयाँको ‘कुटुमा कुटु…’ राजनराजका गीतहरु हुन्।

मौलिक भाका टपक्क टिपेर तयार भएका यी गीतसंगीतको सफलताको राज नै पनि यिनै हुन्। गीतमा जोडीएको अपनत्व र प्रयोग भएका शब्दले पुराना र नयाँ दुवै पुस्तालाई मोहित बनाउन सक्छ।

https://www.youtube.com/watch?v=O5LBzdvSm8Y

आयातित शब्द र संगीत भन्दा पर रहेर राजनराजले मौलिक लोक भाकालाई चलचित्रका गीतमा ढल्दिए। उनले गरेको प्रयोग निकै रुचाईयो र त्यो शैली पछिल्लो समय पछ्याउन थालियो। राजनराजका गीतहरु हरेक समय सुन्दा प्रिय लाग्छन् अनि सदावहार प्रिय नै बन्ने गर्दछन्।

 

 

 

महानायकलाई सम्मान गर्न ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

साधना कला केन्द्रले ’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रम आयोजना...

‘मेरो एउटा साथी छ २’ को अफर अनमोललाई गरेको छैन: दिनेश राउत

दशक अगाडिको हिट चलचित्र 'मेरो एउटा साथी छ' को सिक्वेल...

अनमोललाई अपिलले गरे ‘प्रताप’ अफर, देखिए सकारात्मक

पछिल्लो समय सर्वाधिक चर्चामा रहने अभिनेता हुन्, अनमोल केसी। महँगो...

प्रदिपलाई पलको शुभकामना

नेपाली चलचित्र नगरीमा पछिल्लो समयका चल्तीका कलाकारमा पर्छन्, पल शाह...

बोल्ड प्रियंकासंग रोमान्टिक आयुष्मान (फोटोफिचर)

नेपाली चलचित्रकी व्यस्त अभिनेत्री प्रियंका कार्की यतिवेला होलिडे टाइममा रहेकी...

‘ब्रेकअप’ पछी अभिनेत्री इच्छाले गरिन् इन्गेजमेन्ट

फागुन १७ गतेबाट रिलिज भएको चलचित्र 'दि ब्रेकअप' डेव्यु अभिनेत्री...


image