June 3, 2019  

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा रहेको चलचित्र ‘प्रेमदिवस’ रिलिजको तयारीमा रहेको छ । जेठ ३१ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रले आफ्नो प्रमोशनलाई तीव्रता दिने तयारी गरेको छ। सामाजिक संजालमा विभिन्न कन्टेस्ट गरेर विजेतालाई आकर्षक पुरस्कारको व्यवस्था निर्माण टिमले गरेको छ।

सामाजिक संजाल इन्स्टाग्राममा प्रेमजोडीले आफ्नो जीवनका महत्वपूर्ण ४ वटा पलहरुको फोटो कोलाज गरेर पोष्ट गर्नुपर्नेछ। साथै उक्त पलहरु किन महत्वपूर्ण छ भन्ने कुरा क्याप्सनमा लेखेर पोष्ट गर्ने मध्ये ५ जना विजेता ‘प्रेम दिवस’ टिमले छनोट गर्नेछ। शुक्रबार सम्म विजेता छनोट गरिने निर्माण टिमले जानकारी दिएको छ। उपत्यका भित्रका जोडीलाई बिशेष प्राथमिकता दिईएको उक्त प्रतियोगिताका विजेता ५ जोडीले शनिवार आयुष्मान र प्रियंका संग लन्च डेट जाने अवसर मिल्नेछ।

त्यस्तै निर्माण टिमले ‘टिकटक’ च्यालेन्ज अगाडी सार्ने भएको छ। शुक्रबार चलचित्रमा समावेश नयाँ गीत सार्वजनिक हुने तयारीमा रहेको छ। प्रियंका र आयुष्मानको आवाजमा रहेको चलचित्रको ‘ओएसटि’ मा टिकटक बनाउने मध्ये उत्कृष्ट ५ विजेता छनोट गरिनेछ। क्रिएटिभ ५ विजेताको
टिकटक एकाउन्टमा आयंका जोडी स्वयम् फिचर्ड रहेर टिकटक बनाउनेछन्।

त्यस्तै चलचित्रको टिमले क्वीज प्रतियोगिता आयोजना गर्नेभएको छ । क्विजमा विजेता विभिन्नलाई आकर्षक गिफ्टको व्यवस्था गरिएको छ । त्यस्तै विजेता ३ जोडीलाई प्रेमदिवस छायाकन भएको इलामको श्रीअन्तुमा रहेको होमस्टेमा १ दिन बस्ने व्यवस्था गरिने छ । आयंका जोडी बसेको कोठामा नै फरक फरक समयमा तीन जोडीलाई प्रेमदिवस टिमले स्पोन्सर गर्नेछ । त्यस्तै प्रेम दिवस चलचित्र हेरेर टिकट लिएर आउने १० जनालाई १० हजार बराबरको सपिंग कुपन प्रदान गरिनेछ । यो संगै चलचित्रको टिमले आयोजना गर्ने अन्य विभिन्न प्रतियोगिताको लागी चलचित्रको अफिसियल इन्स्टाग्राम एकाउन्ट फलो गर्न सकिनेछ।

रियल मोसन पिक्चर्स प्राइभेट लिमिटेडको व्यानरमा संजय न्यौपाने प्रोडक्सनको प्रस्तुती रहेको चलचित्रलाई योगेश घिमिरेले निर्देशन गरेका छन् । मनेश दहाल निर्माता रहेको चलचित्रको कार्यकारी निर्माताको रुपमा संजय न्यौपाने रहेका छन् ।

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...

सुरु भयो ‘छ माया छपक्कै’ छायांकन

दिपकराज गिरि र दिपाश्री निरौलाको टिमले पहिलो पटक बाहिरि व्यानरसंग...


image