May 25, 2019  

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्, प्रदिप भट्टराई। उनको निर्देशनमा तयार भएको तेश्रो चलचित्र ‘जात्रै जात्रा’ ले यतिबेला राम्रो व्यापार गरिरहेको छ। समिक्षक र दर्शक दुवैबाट राम्रो साथ पाएको चलचित्रको ‘वर्ड अफ माउथ’ निकै बलियो रहेको छ। सोहि कारण रिलिज भएको दोश्रो साता पनि चलचित्रलाई दर्शकको बलियो साथ मिलिरहेको छ। चलचित्रले पहिलो सातामा करिव ५ करोड बराबरको व्यापार गरेको निर्माण टिमले बताएको छ।

प्रदर्शनको साता काठमाण्डौको विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया लिईरहेको टिमले यतिबेला मोफसलमा टुर गरिरहेको छ । पुर्वका विभिन् स्टेसनमा पुगेर दर्शकसँग प्रतिक्रिया लिएको निर्माण टिम दोस्रो सातामा पोखरा पुगेको छ । पोखरामा समेत छायाँकन भएको चलचित्रको टुर टिममा वर्षा राउत , निर्देशक प्रदीप भट्टराई , कार्यकारी निर्माता तथा कलाकार रवीन्द्र सिंह बानिया लगायत रहेका छन् । ‘दर्शकको प्रतिक्रियाले हामीलाई अझै हौसाएको छ’ निर्देशक भट्टराई भन्छन् ‘हामीलाई नेपालभर नै उत्तिकै माया देखाउनु भएको छ , त्यसैले सकेको ठाउमा पुगेर धन्यवाद दिईरहेका छौ ।’ उनले पोखराको मिडटाउन हल , विन्ध्यवासिनी हल , सिनेप्लेक्सा लगायतमा पुगेर दर्शकलाई धन्यवाद दिएका हुन् । अब यो टिम चितवन प्रस्थान गर्नेछ ।

चलचित्रमा यज्ञश्वर पौडेल र सिंगे लामाको लगानी रहेको छ । चलचित्रमा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा , राजाराम पौडेल , प्रकाश घिमिरे, अञ्जु महर्जन, सोहित मानन्धर, सुस्मिता कार्की, प्रेम पाण्डे, प्रियंका झा लगायतका कलाकारको अभिनय छ ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

सुरु भयो ‘छ माया छपक्कै’ छायांकन

दिपकराज गिरि र दिपाश्री निरौलाको टिमले पहिलो पटक बाहिरि व्यानरसंग...


image