May 25, 2019  

दिपकराज गिरि र दिपाश्री निरौलाको टिमले पहिलो पटक बाहिरि व्यानरसंग सहकार्य गरेको चलचित्र ‘छ माया छपक्कै’ को छायाकन सुरु भएको छ। रोहित अधिकारी फिल्मस् र आमा सरस्वती मुभिजको ब्यानरमा निर्माण हुने चलचित्रलाई दिपेन्द्र लामाले निर्देशन गर्नेछन्। मुनाफाको ५० प्रतिशत लिने सर्तमा यो टिम काम गर्नको लागी राजि भएको हो।

काभ्रेबाट छायाकन सुरु भएको चलचित्रको निर्देशनमा लामालाई निर्देशक दिपाश्री निरौलाले सघाउनेछिन्। एक महिनाको सुटिङ्ग सेड्युल लिएर फ्लोअरमा गएको चलचित्रको रिलिज टार्गेट दशैँ राखिएको छ।

उमेर अन्तरको प्रेमकथामा निर्माण हुने बताईएको चलचित्रमा दिपकराज गिरीको जोडीको रुपमा अभिनेत्री केकी अधिकारी रहनेछिन्। चलचित्रमा केदार घिमिरे र जितु नेपालको मुख्य भूमिका रहनेछ।
चलचित्रमा हरि हुमागाईको छायाकन, रोशन श्रेष्ठको द्वन्द्व, कविराज गहतराजको कोरियोग्राफी, विपिन मल्लको सम्पादन रहनेछ। चलचित्रमा निर्देशक लामाको कथा, दिपकराज गिरीको पटकथा, दिपक, केदार घिमिरे, जितु नेपाल र अभिमन्यु निरबिको संवाद रहेको छ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image