May 19, 2019  

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा प्रवेश गर्दैछन्। अघिल्लो पुस्ताका सर्वाधिक सफल कलाकारका सन्ततिले अहिलेको समयमा आफ्नो राज गरिरहेका छन्। यहि भिडमा थपिएका छन्, कलाकार तथा निर्देशक अशोक शर्माका छोरा अंकित शर्मा। अशोकको नै निर्देशनमा निर्माण हुने चलचित्र ‘रातो टिका निधार’ मा उनको डेव्यु चलचित्र रहनेछ। चलचित्रमा उनको जोडीको रुपमा देखिदैछिन् अहिलेकी हटकेक अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह। अंकितले मलेसियाबाट डिजिटल फिल्म एण्ड टेलिभिजनको कोर्समा व्याचलर सकाएका छन्। अंकितले चलचित्रका लागी आफुलाई तयार पार्न आफ्नो लुक्स स्पष्ट रुपमा बदलेको देखिन्छ।

चलचित्रमा अंकित र साम्राज्ञीको साथमा निता ढुंगाना, रविन्द्र झा, बुद्धि तामाङ्ग र खुस्वु खड्का मुख्य भूमिकामा रहेका छन्। जेठ १० गतेबाट छायाँकन सुरु हुने चलचित्र यहि बर्षको दशैमा रिलिज हुनेछ। चलचित्रको शिर्ष गीतमा भव्य सेट लगाएर चलचित्रको छायाकन सुरु हुनेछ। गीतमा अंकित र साम्राज्ञी फिचर्ड रहनेछन्। यसको ओर्जिनल भर्सनमा राजेश हमाल र करिश्मा मानन्धर फिचर्ड रहेका थिए।


ए.ए ग्रुप अफ कम्पनीजबाट निर्माण हुने चलचित्रमा किरण शर्मा र कृति शर्मा निर्माताको रुपमा रहनेछन्। चलचित्रमा बसुन्धरा भुषाल, लक्ष्मी गिरी, अरुणा कार्की, राजाराम पौडेल, शिवहरि पौडेल, जयनन्द लामा, अर्जुन श्रेष्ठलगायतको पनि अभिनय रहनेछ ।
चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन, मित्र डी गुरुङ्ग को सम्पादन, बसन्त श्रेष्ठको कोरियोग्राफी रहनेछ।
शम्भुजित बास्कोटा र कल्याण सिंहको संगीत रहने च्लाचित्र्मा प्रमोद खरेल, निशान भट्टराई, मेलिना राई र अस्मिता धिकारीको स्वर रहनेछ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image