May 13, 2019  

नेपाली चलचित्रको पहिलो अभिनेत्री भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र ‘साइनो’ को रिलिजमिति हेरफेर भएको छ । जेठ १० गतेबाट रिलिज हुने बताईएको चलचित्र साउन २४ गतेबाट रिलिज हुने भएको छ । मिरुना मगर र नीता ढुंगाना मुख्य भूमिकामा रहेको चलचित्रको डबिङ, कलरिङ र मिक्सिङ नसकिने भएका कारण रिलिज मिति पछी सारिएको निर्माण टिमले बताएको छ
। त्रिकोणात्मक प्रेमकथामा आधारित चलचित्रलाई रमेश थापाले निर्देशन गरेका छन्।

शरण थापा कार्यकारी निर्माता रहेको चलचित्रमा अभिमन्यु निरवीको कथा रहेको छ । चलचित्रमा नीता र मिरुनाका अलावा राज कुमार, भुवन चन्द, मदनदास श्रेष्ठ, राजा राजेन्द्र पोखरेल, बसुन्धरा भुषाल, रोयदीप श्रेष्ठ, धमेन्द्र आचार्य, विशाल पहाडी, वसुकला मैनालीलगायतका कलाकारहरुको पनि अभिनय छ ।

साम्राज्ञीसंग अंकितको जोडी, दशैमा अशोकको ‘रातो टिका निधारमा’

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा...

शनिबार ‘जात्रै जात्रा’ देशभर आक्रामक

'जात्रा' चलचित्रको सिक्वेल 'जात्रै जात्रा' ले दर्शकको उल्लेख्य साथ् पाएको...

शनिबार ‘वीरविक्रम २’ हाउसफुल, गोपीकृष्णमा कलाकार पुग्दा यस्तो माहोल (भिडियो)

जेठ ३ गतेबाट रिलिज भएको चलचित्र 'वीरविक्रम २' ले सिंगल...

दया र कर्माको साथमा ‘कबड्डी ३’ मा उपासना

सफल चलचित्र 'कबड्डी' को तेश्रो सिक्वेल 'कबड्डी ३' को शुभमुहर्त...

दिपेन्द्रको निर्देशनमा ‘आमा’, सुर्यमाला र सुरक्षा लिड रोलमा

नेपालमा निर्माण भएको पहिलो चलचित्र हो, आमा। वि.सं. २०२० मा...

‘घामट शेरे’ सेटबाट निश्चल-स्वस्तिमाको तस्विर

निर्देशक तथा कलाकार निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलोपटक स्क्रिन...


image