May 5, 2019  

शनिबार राजधानीमा एघारौं ‘डि सिने अवार्ड – २०७६’ सम्पन्न भएको छ। गएको बर्ष रिलिज भएको सुपरहिट चलचित्र ‘छक्का पञ्जा ३’ ले सर्वाधिक ८ विधामा अवार्ड जितेको छ । त्यस्तै गत वर्षको अन्तिम रिलिज चलचित्र मध्येको एक ‘यात्रा’ ले क्रिटिक्स अवार्डसहित ६ विधामा अवार्ड जितेको छ । अवार्डमा यात्रा बाट सलिनमान वनिया उत्कृष्ट अभिनेता घोषित भए पनि प्रसादबाट नम्रता श्रेष्ठले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन्।

त्यस्तै बरिष्ठ अभिनेता नीर शाहलाई छायाँछवि लाइफटाइम लिजेण्ड्री अवार्ड, गायिका देवीका बन्दनालाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान, निर्देशक शोभित बस्नेतलाई छायाँछवि चलचित्रकर्मी रजत सम्मान र पत्रकार अनन्त वाग्लेलाई छायाँछवि चलचित्र पत्रकारिता पुरस्कार पनि प्रदान गरिएको थियो । निकै कम संख्यामा कलाकर्मीको उपस्थिति रहेको अवार्ड समारोह खासै लोभलाग्दो देखिएको थिएन्।

तस्विर: बिबेक बस्याल

अवार्ड विजेताहरुको पूर्ण सूची :-

१. उत्कृष्ट पाश्र्वसंगीत
जैशन कुँवर र प्रवेश मल्लिक – भोर

२. उत्कृष्ट साउण्ड डिजाइन
मुकेश शाह – डमरुको डण्डीवियो

३. उत्कृष्ट गीतकार
राजेश श्रेष्ठ – फूल होइन (रोज)

४. उत्कृष्ट गायिका
विन्दु परियार – पहिलो नम्बरमा (छक्का पञ्जा –३)

५. उत्कृष्ट गायक
डेविड शंकर – पहिलो नम्बरमा (छक्का पञ्जा –३)

६. उत्कृष्ट चलचित्र लोक संगीत संगीतकार
दिपक शर्मा – पहिलो नम्बरमा (छक्का पञ्जा –३)

७. उत्कृष्ट संगीतकार
एलिस कार्की – फूल होइन माया (रोज)

८. उत्कृष्ट चलचित्र लोकगीत नृत्य निर्देशक
बसन्त श्रेष्ठ – उम्लियो भने (जय भोले)

९. उत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – तिम्रो लागि (राम काहानी)

१०. उत्कृष्ट द्वन्द्व निर्देशक
हिमाल के.सी. – यात्रा : अ म्यूजिकल भ्लग

११. उत्कृष्ट बालकलाकार
एञ्जल राई – हैरान

१२. उत्कृष्ट हाँस्य कलाकार
केदार घिमिरे – छक्का पञ्जा –३

१३. उत्कृष्ट खलपात्र
माओत्से गुरुङ्ग – चङ्गा चेट

१४. उत्कृष्ट कथा
दिपेन्द्र लामा – गोपी

१५. उत्कृष्ट पटकथा
यात्रा : अ म्यूजिकल भ्लग – सम्राट शाक्य

१६. उत्कृष्ट संवाद
शुशिल पौड्याल – प्रसाद

१७. नव-नायिका
सुहाना थापा – ए मेरो हजुर –३

१८. उत्कृष्ट नव-नायक
घिरज मगर – इन्टु मिन्टु लण्डनमा

१९. उत्कृष्ट नव-निर्देशक
सम्राट शाक्य – यात्रा : अ म्यूजिकल भ्लग

२०. उत्कृष्ट चरित्र-अभिनेत्री
लक्ष्मी गिरी – छक्का पञ्जा –३

२१. उत्कृष्ट चरित्र-अभिनेता
सरोज खनाल – क्याप्टेन

२२. उत्कृष्ट सह–अभिनेत्री
नम्रता सापकोटा – समर लभ

२३. उत्कृष्ट सह–अभिनेता
सलोन बस्नेत – यात्रा : अ म्यूजिकल भ्लग

२४. उत्कृष्ट छायाँकार
सञ्जय लामा – ए मेरो हजुर –३

२५. उत्कृष्ट सम्पादक
विपिन मल्ल – छक्का पञ्जा –३

२६. उत्कृष्ट अभिनेत्री
नम्रता श्रेष्ठ – प्रसाद

२७. उत्कृष्ट अभिनेता
सलिनमान बनिया – यात्रा : अ म्यूजिकल भ्लग

२८. उत्कृष्ट निर्देशक
दिपाश्री निरौला – छक्का पञ्जा –३

२९. उत्कृष्ट पपुलर चलचित्र
ए मेरो हजुर –३ – सुहाना इन्टरटेनमेन्ट

३०. उत्कृष्ट चलचित्र
छक्का पञ्जा –३ – आमा सरस्वती मुभिज

क्रिटिक्स अवार्ड : यात्रा
जुरी अवार्ड : डमरुको डण्डीवियो
प्रोत्साहन अवार्ड : सुकुलगुण्डा

साम्राज्ञीसंग अंकितको जोडी, दशैमा अशोकको ‘रातो टिका निधारमा’

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा...

शनिबार ‘जात्रै जात्रा’ देशभर आक्रामक

'जात्रा' चलचित्रको सिक्वेल 'जात्रै जात्रा' ले दर्शकको उल्लेख्य साथ् पाएको...

शनिबार ‘वीरविक्रम २’ हाउसफुल, गोपीकृष्णमा कलाकार पुग्दा यस्तो माहोल (भिडियो)

जेठ ३ गतेबाट रिलिज भएको चलचित्र 'वीरविक्रम २' ले सिंगल...

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...

पछी सर्यो निता र मिरुनाको ‘साईनो’

नेपाली चलचित्रको पहिलो अभिनेत्री भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र...

बर्षाले गरिन् मायज व्युटी पार्लर उद्घाटन

चलचित्र प्रमोशनको बेला कलाकारको सक्रियता निकै बेजोडको हुने गर्दछ। रिलिज...


image