May 4, 2019  

मिलन चाम्स निर्देशित चलचित्र ‘वीरविक्रम’ सफल चलचित्रको रुपमा रह्यो। सोहि चलचित्रको सिरिज ‘वीरविक्रम २’ जेठ ३ गतेबाट रिलिज हुदैछ। चलचित्रमा पल शाह, नाजिर हुसैन, बर्षा शिवाकोटी र बुद्धि तामाङ्ग मुख्य भूमिकामा रहेका छन्। रिलिज मिति नजिकिदै गर्दा चलचित्रको निर्माण टिम प्रचारप्रसारमा व्यस्त बनेको छ । मोफसल टुर अन्तर्गत चलचित्रको टिमले पहिलो स्थान पोखरालाई चुनेको छ।

चलचित्रका कलाकार सहितको टोलिले पोखरा चिप्लेढुङ्गामा कन्सर्ट गरेको छ । कन्सर्टमा पल , बर्षा, नाजिर, बुद्धी सहित बाल कलाकार मनिष लिम्बु र गायक दिपक लिम्बुले आफ्नो प्रस्तुती राखेका थिए । कन्सर्ट हेर्न पोखरेली दर्शकको उलेख्य उपस्थिती रहेको थियो ।

कन्सर्टमा बोल्दै चलचित्रका निर्देशक मिलन चाम्सले नेपाली चलचित्रको गुणस्तर पछिल्लो समय बढ्दै गएको र नेपाली चलचित्रकाका दर्शक बढ्दै आएकोमा फिल्ममा लगानी समेत बढेको बताए ।
त्यस्तै कार्यक्रममा बोल्दै नायिका बर्षा सिवाकोटीले नेपाली चलचित्रलाई माया गर्न र राम्रो चलचित्रलाई सदा साथ दिन अनुरोध गरिन् । नायक पल शाह र नाजिर हुसेनले वीर बिक्रम २ हेर्नै पर्ने चलचित्र बनेको बताउदै चलचित्रबाट आफुहरुले निकै आशा गरेको र त्यो आशा पुरा गर्न पोखरेली दर्शकको साथ मागेका थिए । उनीहरुले बीर बिक्रम २ले दर्शकलाई निराश नबनाउने बताए ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image