बर्षको अन्तिम दिन छत्र २९ गतेबाट रिलिज भएको चलचित्र ‘ए मेरो हजुर ३’ ले पाएको ३ दिने विकेन्डमा आक्रामक व्यापार गरेको छ। चलचित्रको सोमबार सम्मको कलेक्सन निर्माण टिमले सार्वजनिक गरेको छ। सोमबारसम्म चलचित्रले ४ करोड १ लाखको व्यापार गरेको आंकडा निर्माण टिमले सार्वजनिक गरेको छ।

तीन दिने विकेन्डमा चलचित्रले ३ करोड ३९ लाखको व्यापार गरेको छ। शुक्रबार ७५ लाखको व्यापार गरेको चलचित्रले शनिबार १ करोड १४ लाख र आइतबार १ करोड ५० लाखको व्यापार गरेको छ। सोमबार चलचित्रले ६२ लाखको व्यापार गरेको छ।

लभ स्टोरी जनरामा फर्किएका अनमोल र डेव्यु गर्ल सुहाना थापाको कामको तारिफले हलमा दर्शकको बाक्लो उपस्थिति रहेको छ। झरना थापाको निर्देशनमा तयार भएको चलचित्रमा अनमोल र सुहानाको साथमा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा लगायताका कलाकारको अभिनय रहेको छ।