April 16, 2019  

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘वीर विक्रम २’ को दोश्रो गीत सार्वजनिक भएको छ। ताराप्रकाश लिम्बु र दिपा लामाको आवाजमा रहेको ‘बाचा’ बोलको गीत सार्वजनिक भएको हो। मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर चलचित्रमा समावेश गीतको भिडियो सार्वजनिक गरिएको हो। गीतमा संचारकर्मी नरेश भट्टराईको शब्द तथा गायक लिम्बुको संगीत रहेको छ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा पल शाह र बर्षा शिवाकोटी फिचर्ड रहेका छन्। सुदिप बरालले खिचेको गीतलाई बनिष शाहले सम्पादन गरेका छन् ।
चलचित्रमा पल र बर्षा संगै नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, बिनिषा भण्डारी, सौरव शाह, मनिष लिम्बू लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्र मिलन चाम्सको निर्माण तथा निर्देशनमा तयार भएको छ।

‘वीरविक्रम २’ पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'वीरविक्रम २' को...

‘जात्रै जात्रा’ को ‘जीवन जात्रा हो’

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको नया चलचित्र 'जात्रै जात्रा'...

‘जात्रै जात्रा’ क्यारेक्टर पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जात्रै जात्रा’को अफिसयल...

पहिलोपटक पुजा र सौगातको जोडी,कार्तिकमा हुनेछ रिलिज

अभिनेता सौगात मल्ल र अभिनेत्री पुजा शर्माले पहिलोपटक एकसाथ चलचित्रमा...

विकेन्डमा आक्रामक ‘ए मेरो हजुर ३’, ४ दिने कमाई कति?

बर्षको अन्तिम दिन छत्र २९ गतेबाट रिलिज भएको चलचित्र 'ए...

तेश्रो पटकको सहकार्यका लागी पूजा र आकाशले लिए महँगो पारिश्रमिक

चलचित्रको पर्दामा निकै रुचाईएको जोडी हो, आकाश श्रेष्ठ र पूजा...


image