April 15, 2019  

चैत्र २९ गते शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ लाई सकारात्मक प्रतिक्रिया प्राप्त भइरहेको छ । रिलिजको दिन शुक्रबार आयोजित विशेष शो मार्फत सेलिब्रेटीको सकारात्मक प्रतिक्रिया बटुलेको चलचित्रलाई दर्शकले पनि राम्रो प्रतिक्रिया दिईरहेका छन्। नयाँ बर्षको अवसर पारेर बैशाख १ गते सलिन सहितको चलचित्रको टिम राजधानीका विभिन्न हल पुगेका थिए। नयाँ बर्षको शुभकामना आदानप्रदान संगै दर्शकसंग साक्षात्कार गर्न पुगेका सलिन दर्शकको मायाले दंग परेका थिए।

’दर्शकको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको छु’ उनले भने ’यो न्यु इयरमा दर्शकसंग म छु र म संग दर्शक हुनहुन्छ ।’ सलिन संगै सलोन चलचित्र दर्शकका लागि आकर्षणको केन्द्र रहेका छन्। गज्जबको फ्यान फलोइंग कमाएका सलोन र सलिनलाई भेट्दा दर्शक निकै उत्साहित बनेका थिए। सलिन र सलोनसंगै हल भिजिटमा दर्शकको प्रतिक्रिया लिन डेब्यु गर्ल मलिका महत , रेअर राई , प्रेक्षा बज्राचार्य , जान्वी बस्नेत , निर्देशक सम्राट शाक्य , निर्माता सुशील पोखरेल , कार्यकारी निर्माता सर्जुमान लिगल , प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ र वितरक गोपालकाजी कायस्थ पुगेका थिए । चलचित्रमा भ्लगको माध्यमले ल्याउन सक्ने परिवर्तन र गर्न सकिने सकारात्मक कामलाई देखाइएको छ । सलिनले पाँच पंक्षी समुह लिड गरेका छन् । चलचित्रमा जय नन्द लामा , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहेको छ भने विशेष भूमिकामा दीपकराज गिरी पनि छन् ।

कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् । चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image