April 12, 2019  

सुखद सुरुवात गर्न नसकेको नेपाली चलचित्र चलचित्र वजार आफ्नो अन्त्य सुखद बनाउने कोशिसमा रहेको छ। असफलताको ठुलो पहाड यो बर्ष नेपाली चलचित्र वजारले खेप्यो। केहि चलचित्र व्यापारिक हिसाबले सम्झनलायक रहे भने केहि समिक्षकले उत्कृष्ट ठहराए। फरक यति रह्यो दर्शकले रुचाएका चलचित्रले समिक्षकले रुचाएनन्, समिक्षकले रुचाएका दर्शकले। यहि भिडमा बर्षको सबैभन्दा ठुलो क्ल्यासको रुपमा चैत्र २९ गते अर्थात् आज रहेको छ। यो शुक्रबार दुई नेपाली चलचित्र रिलिज भएका छन्। झरना थापाको निर्देशनमा ‘ए मेरो हजुर ३’ र सम्राट शाक्यको निर्देशनमा ‘यात्रा ‘।

अनमोल केसी स्टारर ‘ए मेरो हजुर ३’ उनको लागी यो बर्षको दोश्रो रिलिज चलचित्र हो। यस अगाडी फागुन १७ मा उनि अभिनित अर्को चलचित्र ‘क्याप्टेन’ रिलिज भएको थियो। खासै खास बन्न नसकेको ‘क्याप्टेन’ पश्चात पुन उनि एकपटक लभस्टोरी जनराको चलचित्रमा फर्किएका छन्। लभ स्टोरी जनरामा रुचाईएका अनमोलले बिचमा केहि फरक कोसिस गरेका थिए। तर उनले चलचित्रको सोचेको जस्तो सफलता प्राप्त गर्न सकिरहेका छैनन्। ए मेरो हजुर आफैमा दर्शकका लागी ब्राण्ड हो। अघिल्लो सफलता संगै झरनाले निकै लामो समय लगाएर ‘ए मेरो हजुर ३’ निर्माण गरिन्। चलचित्रमा झरना सुपुत्री सुहाना थापाले डेव्यु गरेकी छिन्। अनमोल र सुहानाको साथमा चलचित्रमा सरोज खनाल, अर्पण थापा, सलोन बस्नेत, रविन्द्र झा लगायतका कलाकारको अभिनय रहेको छ।

https://youtu.be/IThyt-3egRU

‘ए मेरो हजुर २’ बाट डेव्यु गरेका सलिनमान बनियाँ लिड रिलमा रहेको चलचित्र हो ‘यात्रा’ । चलचित्रमा उनि भ्लगरको भूमिकामा देखिएका छन्। यो चलचित्र चल्ने ठुलो जिम्मेवारी उनको काँधमा रहेको छ। स्टाइलका कारण चर्चामा रहेका सलिनको साथमा चलचित्रमा मलिका महत, सलोन बस्नेत, रेअर राई, राजाराम पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।

तीन हलिउड चलचित्रका कारण मल्टिप्लेक्समा दुई चलचित्रले सोचे भन्दा न्यून शोज पाएका छन्। यसलाई वितरकको चरम लापरवाही भनेत सम्बोधन गरिएको छ।
अब यी दुई चलचित्रमा कसले बाजी मार्ने हो त्यो भने हेर्न बाँकि रहेको छ।

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

झरनाको जीवन सुन्दर बनाइदिने सुहानाको मुस्कना (फोटोफिचर)

डेव्यु चलचित्र 'ए मेरो हजुर ३' बाट नै अभिनेत्री सुहाना...


image