April 10, 2019  

सलिनमान बनिया स्टारर चलचित्र ‘यात्रा अ म्युजिकल भ्लग’ यहि शुक्रबारबाट रिलिज हुदैछ। यहि चलचित्रको निर्माण टिमले धुर्मुस सुन्तली फाउण्डेसनद्धारा भरतपुर चितवनमा निर्माण गरिने ‘गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि ५० हजार नगद सहयोग गरेको छ । चलचित्रका निर्देशक सम्राट शाक्य , प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिजकुमार श्रेष्ठ र निर्माता सुशील पोखरेलले फाउन्डेसनमा पुग्दै संयुक्त रुपमा सहयोग हस्तान्तरण गरेका हुन् । सहयोग रकम लिदै फाउन्डेसनका अध्यक्ष सिताराम कट्टेलले चलचित्रको सफलताको शुभकामना दिदै सहयोग प्रति आभार व्यक्त गरेका छन् ।

‘थोपा थोपा मिलेर समुन्द्र बनाउने कोसिसमा छौ , त्यसैले यो सहयोग हाम्रो लागि अमुल्य छ’ धुर्मुस भन्छन् ‘हामीमा सहयोगी भाव चाहिन्छ अनि लक्ष्य प्राप्तिको उदेश्य , सफलता हात पर्छ ।’धुर्मुस सुन्तलीको अभियानमा साथ् दिन पाउदा निकै खुसि लागेको प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठले बताए । ‘हामीले अभियानमा एउटा सानो सहयोग गरेका छौ तर यो अरुका लागि प्रेरणा बन्न सक्छ ।’ चैत्र ३० गते शनिबार रंगशाला निर्माणको सहयोगार्थ हुन लागेको मातृभुमि कप क्रिक्रेट प्रतियोगितामा सलिनसंगै यात्रा टिम उक्त प्रतियोगितामा सहभागी हुनेछ ।

चलचित्रमा सलिनसँगै सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मलिका महत डेब्यु गर्दै्छिन् भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ ।

चलचित्रका निर्माता सुशील पोखरेल हुन् भने यसको कार्यकारी निर्माता सर्जुमान लिगल रहेका छन् । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने चलचित्रमा कलाकार केशव भट्टराईसँगै चिज कुमार श्रेष्ठ पनि प्रस्तुतकर्ता रहेको चलचित्रमा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् ।

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

झरनाको जीवन सुन्दर बनाइदिने सुहानाको मुस्कना (फोटोफिचर)

डेव्यु चलचित्र 'ए मेरो हजुर ३' बाट नै अभिनेत्री सुहाना...


image