March 20, 2019  

आज अर्थात् बिहिबार काठमाडौं उपत्यका सहित देशका पहाडी क्षेत्रमा हर्षोल्लासका साथ रंगहरुको पर्व होली मनाइदैछ । वसन्त ऋतुको आगमनको रुपमा मनाईने होली चलचित्र ‘यात्रा’ टिमले पनि मनाएको छ । चैत्र २९ गतेबाट रिलिज तयारीमा रहेको चलचित्रको टिमले एकआपसमा रंग दलेर होलीको शुभकामना आदानप्रदान गरेको हो ।


मंगलबार चलचित्रका कलाकार, निर्माता र निर्देशकले एकअर्कालाई रंग दलेर होलीको शुभकामना साटेका हुन् । अभिनेता सलिनमान बनियाँ, डेब्यु गर्ल मलिका महत्त, जान्हवी बस्नेत, प्रेक्षा बज्राचार्य, रेअर राई, विशाल सापकोटा, निर्देशक सम्राट शाक्य, प्रस्तुतकर्ता चिजकुमार श्रेष्ठ, निर्माता सुशील पोखरेल, प्रोडक्सन म्यानेजर मनोज जोशी, द्वन्द्व निर्देशक हिमाल केसीलगायतले एकअर्कालाई रंग दलेर होलीको शुभकामना साटेका हुन् ।

बिहीवार भने गैरीधाराको रोयल एम्पायर होटेल, सिटी फ्ल्याश स्विमिङ पुल भक्तपुरसँगै नयाँ वानेश्वरमा आयोजना हुने रेडियो अडियो होली कार्यक्रममा यात्रा टिम सहभागी हुनेछ ।होलीको बिषयमा सलिन भन्छन्, ‘मलाई एकदमै मन पर्ने पर्व हो होली । प्राय: आफ्नै साथीहरुसंग रमाउने म यो पटक दर्शक र मिडियासंग होली मनाउने छु ।

‘वीरविक्रम २’ पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'वीरविक्रम २' को...

‘जात्रै जात्रा’ को ‘जीवन जात्रा हो’

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको नया चलचित्र 'जात्रै जात्रा'...

‘जात्रै जात्रा’ क्यारेक्टर पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जात्रै जात्रा’को अफिसयल...

पहिलोपटक पुजा र सौगातको जोडी,कार्तिकमा हुनेछ रिलिज

अभिनेता सौगात मल्ल र अभिनेत्री पुजा शर्माले पहिलोपटक एकसाथ चलचित्रमा...

विकेन्डमा आक्रामक ‘ए मेरो हजुर ३’, ४ दिने कमाई कति?

बर्षको अन्तिम दिन छत्र २९ गतेबाट रिलिज भएको चलचित्र 'ए...

तेश्रो पटकको सहकार्यका लागी पूजा र आकाशले लिए महँगो पारिश्रमिक

चलचित्रको पर्दामा निकै रुचाईएको जोडी हो, आकाश श्रेष्ठ र पूजा...


image