March 20, 2019  

नाजिर हुसेन र शिल्पा मास्के स्टारर चलचित्र ‘कागजपत्र’ को ‘स्याड भर्सन’ गीत सार्वजनिक भएको छ । रंगहरुको चाड होलीको पुर् सन्ध्यामा निर्माण टिमले मंगलबार राजधानीमा संचारकर्मीसंग रंग दलेर सद्भाव साट्दै चलचित्रको गीत सार्वजनिक गरेको हो। ‘तिमी जाने बाटो कता’ बोलको गीतमा प्रविशा अधिकारी र अनुप शर्माको आवाज तथा संगीत सापकोटाको शब्द र संगीत रहेको छ।

गीतको भिडियोमा चलचित्रका मुख्य चार कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा र सरिता गिरी पिडा प्रस्तुत गरीएको छ। नक्कली विवाह गरेर अष्ट्रेलिया जानेको कथा वोल्ने चलचित्रको मर्मअनुसार नै गीत राखिएको निर्देशक अपिल बिष्टले जानकारी दिएका छन्।

वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयूक्त व्यानरमा निर्माण भएको चलचित्रमा इपी एजुकेशन अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको छ । चलचित्रको निर्मातामा खिलेन्द्र तिमल्सिना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी छन् भने किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह-निर्मातामा छन् ।

अस्ट्रेलियन सिनेमाटोग्राफर क्यस्मिर डिक्सनले खिचेका चलचित्रमा लोकेन्द्र लेखक, जीवन भट्टराई, लक्ष्मी वर्देवा, अर्जेस रेग्मी लगायतका कलाकारहरु अभिनय छ ।

‘वीरविक्रम २’ पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र 'वीरविक्रम २' को...

‘जात्रै जात्रा’ को ‘जीवन जात्रा हो’

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको नया चलचित्र 'जात्रै जात्रा'...

‘जात्रै जात्रा’ क्यारेक्टर पोष्टर रिलिज

जेठ ३ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘जात्रै जात्रा’को अफिसयल...

पहिलोपटक पुजा र सौगातको जोडी,कार्तिकमा हुनेछ रिलिज

अभिनेता सौगात मल्ल र अभिनेत्री पुजा शर्माले पहिलोपटक एकसाथ चलचित्रमा...

विकेन्डमा आक्रामक ‘ए मेरो हजुर ३’, ४ दिने कमाई कति?

बर्षको अन्तिम दिन छत्र २९ गतेबाट रिलिज भएको चलचित्र 'ए...

तेश्रो पटकको सहकार्यका लागी पूजा र आकाशले लिए महँगो पारिश्रमिक

चलचित्रको पर्दामा निकै रुचाईएको जोडी हो, आकाश श्रेष्ठ र पूजा...


image