March 17, 2019  

व्यानर र स्टारकाष्टको कारण २०७६ को लागि प्रतिक्षित चलचित्र हुन्, ‘वीरबिक्रम २’ र’ जात्रै जात्रा’। पहिलो सिक्वेलले पाएको सफलताको कारण पनि यी दुवै दर्शकका लागि प्रतिक्षित रहेका छन्। ‘वीरविक्रम २’ ले यसअगाडी नै जेठ ३ गतेलाई आफ्नो रिलिज मिति तय गरिसकेको छ। यो मितिमा प्रेमदिवस आउने चर्चा रहेको थियो। तर यसले दुई साता पछि आफ्नो रिलिज मिति सर्दा जेठ ३ मा वीरविक्रम २ सोलो रिलिज हुने तयारी रहेको थियो।

तर यो मितिमा बर्षको अर्को प्रतिक्षित चलचित्र ‘जात्रै जात्रा’ रिलिज हुने भएको छ। फागुन १७ बाट बैशाख २७ गतेलाई रिलिज मिति तय गरेको चलचित्र अव जेठ ३ मा आउने भएको हो। दुवै पक्षका निर्माता बीच लगातारको छलफलबाट पनि निस्कर्ष निस्कन नसकेपछि एकै मितिमा दुवै चलचित्र रिलिज हुने भएका हुन्।

मिलन चाम्स निर्देशित चलचित्रमा पल शाह, नाजिर हुसैन, बर्षा शिवाकोटी, बुद्धि तामाङ्ग लगायतका कलाकारको अभिनय रहेको छ। चलचित्रको पहिलो गीतले निकै राम्रो तारिफ बटुलेको छ। प्रदिप भट्टराई निर्देशित ‘जात्रै जात्रा’ मा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानिया, रविन्द्र झा, दयाहाँगा राइ लगायतका कलाकारको अभिनय रहेको छ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image