March 16, 2019  

साधना कला केन्द्रले ’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रम आयोजना गर्ने भएको छ। साधन कला केन्द्रका अध्यक्ष मिलन मोक्तानले नेपालमा अग्रजलाई सम्मान गर्ने परम्पराको थालनी होस् भनेर जमर्को गरेको बताए । घोषणा कार्यक्रममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा , गायक राजेश पायल राई , यम बराल , रवी ओड लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा अभिनेता हमालको हिट डायलग र गीतको केहि क्लिप्सलाई देखाइएको थियो । आउँदो वर्ष २०७६ को जेठ महिनामा कार्यक्रमको आयोजना हुने बताइएता पनि डेट भने फिक्स नभईसकेको जनाइयो । अभिनेता हमालको चलचित्र यात्रामा धेरै नै व्यक्तित्व जोडिएको हुनाले उहाहरुसँगको छलफलपछी एउटा डेट फाइनल गरिने अध्यक्ष मोक्तानले बताए ।

अन्य देशमा गरिने सम्मान देखेर आफ्नो देशका अग्रज कलाकारलाई ट्रिब्युट गर्ने आइडिया फुरेको पनि उनले बताए । राजेशले पनि विभिन्न भेटघाटपछी उदेश्य नेक लागेर नै आफुले अनुमति दिएको बताए । कार्यक्रममा उपस्थित शम्भुजित बास्कोटा , राजेश पायल राई , यम बराल र रवी ओडले पनि यस कार्यको तारिफ गर्दै सफलताको शुभकमन दिए । कार्यक्रमलाई साधना कला केन्द्र र लाइभ नेपालले संयुक्त रुपमा गर्नेछन् । कार्यक्रममा राजेशका हिट गीतहरुका गायक , उनको को- स्टारलाई ट्रिब्युटमा उपस्थित गराउने तयारी भइरहेको आयोजक संस्थाका सदस्य दसरथले बताए ।
राजेश हमालले पहिलो प्रश्न म नै किन ? भनेर सोधेको थिए तर उहाहरुको उदेश्य नेक लागेर हुन्छ भनेको हु । एउटा राम्रो कार्यको थालनी मबाट हुन्छ भने किन नगर्ने भनेर सहमत भएको हु । म धन्यवाद पनि दिन चाहन्छु कि पहिलो रोजाईमा म परे । यसले एउटा परम्पराको थालनी गरेको छ । यसपछिका दिनमा पनि यसै गरि सर्जकलाई सम्मान गर्न सक्नु होस् भन्ने शुभकामना छ । म खुसि छु । फिल्मी यात्राले दिलाउने सम्मान र दर्शकको माया नै हाम्रो उर्जा हो ।


राजेश पायल राईले भने, ‘निकै खुसि लागेको छ , मेरो प्यारो नायक मितज्यु राजेश हमाललाई ट्रिब्युट गरिदै छ । यसको थालनी अगाडी बाटै हुनु पर्थ्यो । हामीले यसनगरीबाट पाउने सम्मान वा दर्शकको माया नै हो, जो हाम्रो उर्जा हुन् । फेरी राजेश हमाल कलानगरीको एउटा अमुल्य सम्पति हुन् । म आफै पनि उहासँग व्यक्तिगत रुपमा निकै नजिक छु त्यसैले मात्र खुसि छैन किनकी साचै नै उहालाई हामीले पनि केहि दिने बेला आएको छ । म उहासँग धेरै राष्ट्रमा सगै कार्यक्रम गर्न पुगेको छु , उहालाई देख्दा मात्र पनि विदेशीले पनि जिज्ञाशु हुने गर्छन कि उहा साधारण मान्छे मात्र हौइन भनेर । उहाको फिल्मको लागि मैले पनि गीत गाउने मौका पाएको छु , उक्त गीतसंगीतलाई म पनि प्रस्तुत गर्नेछु ।

युरोपमा बोल्ड सुहाना थापा (फोटोसहित)

पहिलो चलचित्रबाट नै दर्शकको राम्रो साथ पाएकी अभिनेत्री सुहाना थापा...

झरनाको जीवन सुन्दर बनाइदिने सुहानाको मुस्कना (फोटोफिचर)

डेव्यु चलचित्र 'ए मेरो हजुर ३' बाट नै अभिनेत्री सुहाना...

‘भागवत गीता’ की ‘ए मेरो हजुर ४’ , अनमोल र सुहानाको जोडी कुनमा?

झरना थापा लगातार दुई चलचित्र निर्देशनमा व्यापारिक हिसावले अब्बल रहिन्।...

होस् उडाउने गरिमाको बोल्ड तस्विर

अभिनेत्री गरिमा पन्तले नेपाली चलचित्रमा काम गर्दासम्म सोझी नायिकाको उपमा...

‘रातो टिका निधारमा’ सेटमा अंकित र साम्राज्ञी

नेपाली चलचित्र क्षेत्रको बोल्ड र ट्यालेन्टेट अभिनेत्रीको रुपमा रहेकी साम्राज्ञी...

नेपालको पहिलो सहभागिता, ‘कान्स फिल्म फेस्टिबल’ प्रियंका कार्की

अन्तराष्ट्रिय रुपमा सेलिब्रेटिका लागी सर्वाधिक सफल र चासोको रुपमा हेरिएको...


image