March 15, 2019  

‘भिजिट भिषामा’ बोलको गीतले युट्युवमा पाएको सफलता पश्चात ‘दाल भात तरकारी’ टिमले चलचित्रमा समावेश शिर्ष गीत सार्वजनिक गरेको छ। मल्टिस्टारर चलचित्रको शिर्ष गीत निर्माण टिमले शुक्रवार राजधानीमा एक कार्यक्रमको आयोजना गरेर सार्वजनिक गरेको हो ।

सार्वजनिक गीतमा राजेशपायल राई र स्मिता दाहालको स्वर, हरिवंश आचार्यको शब्द र शम्भुजित बास्कोटाको संगीत रहेको छ। गीतको भिडियोमा चलचित्रका लिड कलाकार पुष्प खड्का, आँचल शर्मा, हरिवंश आचार्य र निरुता सिंह फिचर्ड छन् । भिडियोमा हरिवंश र निरुतालाई सेफको भेषमा प्रस्तुत गरिएको छ।

मह संचारको ब्यानरमा निर्माण भएको चलचित्रमा किरण केसी प्रस्तुतकर्ताको रुपमा रहेका छन् । हरिवंशको कथा, पटकथा र संवाद रहेको चलचित्रलाई सुदन केसीले निर्देशन गरेका छन्। चलचित्रमा बर्षा राउत, राजाराम पौडेल, प्रियंका कार्की, विल्सन विक्रम राई, यमन श्रेष्ठ, शिवहरी पौडेल, लगायतका कलाकारको अभिनय रहेको छ।

‘प्रेमदिवस’ टिमको सप्राइज नै सप्राइज, आयंकासंग डेट देखि होलिडे ट्रीप

अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री प्रियंका कार्की मुख्य भूमिकामा...

सन्नी लियोनिको नेपाली गीत जेठ २० मा,भाद्र २७ मा चलचित्र

सन्नी लियोनिले पहिलोपटक नेपाली चलचित्र 'पासवर्ड' को गीतमा फिचर्ड रहेकी...

असोजमा निश्चल र स्वस्तिमाको ‘घामट शेरे’

निश्चल बस्नेत र स्वस्तिमा खड्काले पहिलो पटक स्क्रिन शेयर गरेको...

थाइल्याण्डमा आयुष्मानको अंगालोमा शिल्पा (फोटोफिचर)

चलचित्र 'सानो मन' टिम केहि सातादेखि थाइल्याण्डमा रहेको छ। चलचित्रको...

‘प्रेमगीत ३’ : ‘गीत’ को फाइनल अडिसनका लागी २५ युवती छनोट

सफल सिरिज 'प्रेमगीत' को तेश्रो सिरिज 'प्रेमगीत ३' का लागी...

पोखराका दर्शकसंग ‘जात्रै जात्रा’ टिम, पहिलो साताको कमाई कति?

नेपाली चलचित्र क्षेत्रका लागी आशालाग्दो निर्देशकको रुपमा लिईएका निर्देशक हुन्,...


image