March 14, 2019  


दशक अगाडिको हिट चलचित्र ‘मेरो एउटा साथी छ’ को सिक्वेल निर्माण घोषणा संगै यसको चर्चा चलचित्र नगरीमा गर्माएको छ। आईकोर फिल्म्सको व्यानरमा निर्माण हुने चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन्। नेपाली मिडियामा सो चलचित्रका लागी अनमोल केसीलाई अफर गरिएको खबर बाहिरिएको छ। अनमोलले केहि दिन अगाडी मात्र चलचित्रमा नम्रता श्रेष्ठ भएमा आफु चलचित्रमा आँखा चिम्लिएर काम गर्ने बताएका थिए।

अनमोललाई यो सहित अन्य ४ चलचित्रको अफर गरिएको खबर बाहिरिएको थियो।
तर यो बिषयको निर्देशक दिनेश राउतले खण्डन गरेका छन्। उनले फेसबुकमा स्टाटस लेख्दै आफुले चलचित्रका लागी अहिलेसम्म कसैलाई अफर नगरेको उल्लेख गरेका छन्।

यस्तो छ निर्देशक राउतको स्टाटस :

विभिन्न समाचारमा आएका खबरहरूलाई ध्यानमा राखेर यो कुरा स्पष्ट पार्न चाहन्छु:
चलचित्र #MEROEUTASATHICHHA2
का लागि हाल सम्म कुनै पनि कलाकारलाई प्रस्ताव राखिएको छैन।
हामी निर्माणको एकदम सुरूवाती चरणमा छौँ।
अन्त्यमा, यस चलचित्रप्रति मिडीयाका साथी भाईहरूले देखाउनु भएको सपोर्ट र जिज्ञासा प्रति एकदम् कृतज्ञ छौँ।
धन्यवाद्।

महानायकलाई सम्मान गर्न ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

साधना कला केन्द्रले ’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रम आयोजना...

अनमोललाई अपिलले गरे ‘प्रताप’ अफर, देखिए सकारात्मक

पछिल्लो समय सर्वाधिक चर्चामा रहने अभिनेता हुन्, अनमोल केसी। महँगो...

प्रदिपलाई पलको शुभकामना

नेपाली चलचित्र नगरीमा पछिल्लो समयका चल्तीका कलाकारमा पर्छन्, पल शाह...

बोल्ड प्रियंकासंग रोमान्टिक आयुष्मान (फोटोफिचर)

नेपाली चलचित्रकी व्यस्त अभिनेत्री प्रियंका कार्की यतिवेला होलिडे टाइममा रहेकी...

‘ब्रेकअप’ पछी अभिनेत्री इच्छाले गरिन् इन्गेजमेन्ट

फागुन १७ गतेबाट रिलिज भएको चलचित्र 'दि ब्रेकअप' डेव्यु अभिनेत्री...

‘प्रेमगीत ३’ मा प्रदीपको पिता बन्न हमाललाई अफर

चर्चित अनि सफल चलचित्र 'प्रेमगीत' को तेश्रो सिक्वेल निर्माण हुने...


image