March 11, 2019  


करियरको सुरुवातमा नै ठुलो सफलता हासिल गरेका अभिनेता प्रदिप खड्का प्राय विवादमा आईरहने गर्दछन्। उनले दिएका अभिव्यक्तिहरु कहिँ न कतै विवादमा परिरहेका हुन्छन्। प्रेम गीत पश्चात आफ्नो करियर चम्काएका प्रदीपले ‘स्केप’ चलचित्रबाट डेव्यु गरेका थिए। फ्लप डेव्यु प्रदिप अहिलेका मोस्ट डिमाण्डेड हिरो हुन्। उनि अभिनित नयाँ चलचित्र ‘लभ स्टेशन’ रिलिजको तयारीमा रहेको छ। चलचित्रको सार्वजनिक ट्रेलरले निकै राम्रो प्रतिक्रिया पाईरहेको छ। तर चलचित्रको ट्रेलरमा समावेश केहि सिनहरु टर्कीमा निर्माण भएको चलचित्र ‘हर से असक्तन’ संग हुबाहू मिलेपछि चलचित्रलाई चोरीको आरोप लागेको छ।

प्रदीपलाई आफ्नो जन्मदिनको अवसरमा आयोजित कार्यक्रममा यहि प्रश्न तेर्सिएको थियो। प्रदीपले केहि सिनहरु उस्तै लागे पनि चलचित्रको कथा कहिँ कतैबाट नतानिएको उनले स्पष्ट पारेका छन्।
प्रदिप अगाडी भन्छन्,’ चलचित्र राम्रो बनाउनका लागी कुनै चलचित्रबाट प्रभावित हुनु नराम्रो हैन। चलचित्र कपि हैन, कतै मिल्न गएको खण्डमा यो संयोग मात्र हुनेछ। ‘

साम्राज्ञीसंग अंकितको जोडी, दशैमा अशोकको ‘रातो टिका निधारमा’

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा...

शनिबार ‘जात्रै जात्रा’ देशभर आक्रामक

'जात्रा' चलचित्रको सिक्वेल 'जात्रै जात्रा' ले दर्शकको उल्लेख्य साथ् पाएको...

शनिबार ‘वीरविक्रम २’ हाउसफुल, गोपीकृष्णमा कलाकार पुग्दा यस्तो माहोल (भिडियो)

जेठ ३ गतेबाट रिलिज भएको चलचित्र 'वीरविक्रम २' ले सिंगल...

पछी सर्यो निता र मिरुनाको ‘साईनो’

नेपाली चलचित्रको पहिलो अभिनेत्री भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र...

दया र कर्माको साथमा ‘कबड्डी ३’ मा उपासना

सफल चलचित्र 'कबड्डी' को तेश्रो सिक्वेल 'कबड्डी ३' को शुभमुहर्त...

दिपेन्द्रको निर्देशनमा ‘आमा’, सुर्यमाला र सुरक्षा लिड रोलमा

नेपालमा निर्माण भएको पहिलो चलचित्र हो, आमा। वि.सं. २०२० मा...


image