March 11, 2019  

चलचित्र अभिनयमा अब्बल मानिएकी अभिनेत्री नम्रता श्रेष्ठ स्टारर चलचित्र ‘जाईरा’ ले प्रदर्शन मिति तय गरेको छ। चलचित्रमा नम्रता मार्सल आर्ट खेलाडीको भूमिकामा प्रस्तुत भएकी छिन्। चलचित्र अव श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर २०७६ भदौ ६ गते रिलिज हुनेछ । एक महिलाले लिने प्रतिशोधको कथामा बनेको यो चलचित्रमा नम्रतासँगै अनुप बिक्रम शाही, प्रमोद अग्रहरी, रेमन दास श्रेष्ठ, श्रृजना रेग्मी, सुजता श्रेष्ठ र सम्राट मगरको अभिनय रहेको छ।


चलचित्रका लागी नम्रताले निकै मिहेनत गरेकी छिन्। उनले यो चलचित्रका लागी आफ्नो कपाल काटेर छोटो बनाएकी थिइन् भने चलचित्रका लागि उनले आफ्नो तौल घटाएकी थिइन्। उनले आफ्नो तौल ५१ केजीबाट घटाएर ४३ केजी मा झारेकी थिइन्।
चलचित्रमा अभिनय नेचुरल देखियोस् भनेर आफुले ६ महिना एक्सन सिकेको, तौल घटाएको र कापल काटेको नम्रता बताउछिन्।

आँशुतोष राज श्रेष्ठले निर्देशन गरेको चलचित्र कटामरी फिल्म्सको सहकार्यमा नम्रता श्रेष्ठ प्रोडक्शन र ट्रेन्डसेटर्स प्रा.लि.को प्रस्तुतीमा बनेको हो । चलचित्रमा प्रशन्न गोपाली कार्यकारी निर्माताको रुपमा रहेका छन् । कल्याण सिंह, डिजे राजु र टम्ब्लीविडको संगीत रहेको यो चलचित्रमा सम्राट बस्नेतको द्वन्द्व निर्देशन, द्वन्द कोरियोग्राफी राउल मोक्तान र मेघवार चेम्जोङको रहेको छ ।

साम्राज्ञीसंग अंकितको जोडी, दशैमा अशोकको ‘रातो टिका निधारमा’

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा...

शनिबार ‘जात्रै जात्रा’ देशभर आक्रामक

'जात्रा' चलचित्रको सिक्वेल 'जात्रै जात्रा' ले दर्शकको उल्लेख्य साथ् पाएको...

शनिबार ‘वीरविक्रम २’ हाउसफुल, गोपीकृष्णमा कलाकार पुग्दा यस्तो माहोल (भिडियो)

जेठ ३ गतेबाट रिलिज भएको चलचित्र 'वीरविक्रम २' ले सिंगल...

पछी सर्यो निता र मिरुनाको ‘साईनो’

नेपाली चलचित्रको पहिलो अभिनेत्री भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र...

दया र कर्माको साथमा ‘कबड्डी ३’ मा उपासना

सफल चलचित्र 'कबड्डी' को तेश्रो सिक्वेल 'कबड्डी ३' को शुभमुहर्त...

दिपेन्द्रको निर्देशनमा ‘आमा’, सुर्यमाला र सुरक्षा लिड रोलमा

नेपालमा निर्माण भएको पहिलो चलचित्र हो, आमा। वि.सं. २०२० मा...


image