March 11, 2019  

‘ए मेरो हजुर २’ डेव्यु नायक सलिनमान वनियाले पहिलो चलचित्रबाट नै राम्रो क्रेज बनाए। सम्भावना बोकेका अभिनेताको रुपमा हेरिएका सलिन हेयर स्टाइल र ड्रेसका कारण सधै चर्चामा रहने गर्दछन्। आफ्नै स्टाइलमा रमाउने सलिन अभिनित नयाँ चलचित्र ‘यात्रा’ चैत्र २९ गतेबाट रिलिज हुदैछ। चलचित्रको रिलिज मिति नजिकिदै गर्दा निर्माण टिम यतिबेला प्रचारप्रसारमा जुटेको छ। मोफसलका विभिन्न स्थानमा पुगेर चलचित्रको प्रचार गर्ने प्रचलनले तीव्रता पाउदै गएको छ। सोहि दौरानमा ‘यात्रा’ टिमले हेटौडामा जारी औधोगिक मेलामा पुगेर चलचित्रको प्रचार गरेको छ। मेलामा २० हजार बढी दर्शकको उपस्थिति रहेको बताईएको छ। शनिवार निर्माण टिम मेलामा सहभागी भएको थियो। लिड क्यारेक्टर सलिनमान वनियाको साथमा सलोन बस्नेत , मलिका महत , जान्हवी बस्नेत , रेअर राई , विशाल सापकोटा , प्रेक्षा बज्राचार्य सहित निर्माता सुशील पोखरेल र प्रस्तुतकर्ताद्वय केशव भट्टराई र चिज कुमार श्रेष्ठ मेला पुगेका थिए । प्रचारका लागी पुगेका सलिनले स्टेजमा चलचित्रको डाइलग र ‘चट्ट रुमाल’ बोलको गीतमा नृत्य गरेका थिए। सलिन संगै चलचित्रको सम्पूर्ण टिमले नृत्य प्रस्तुत गरेको थियो। अर्का कलाकार सलोन वस्नेतले आफ्नो भूमिकाको बारेमा दर्शकलाई जानकारी दिदै चलचित्र हेर्न अनुरोध गरेका थिए। यात्राको क्रममा आउने घटनाक्रमलाई प्रस्तुत गरिएको चलचित्रमा सलिन भ्ल्गिस्टको भूमिकामा छन् ।

चलचित्रमा सलिनमान वनिया, सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , देशभक्त खनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहेको छ । चलचित्रमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड , क्रिएटिभ फिल्म प्रोडक्सन र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा केशव भट्टराई र चिज कुमार श्रेष्ठ प्रस्तुतकर्ता रहेका छन्। चलचित्रमा बिक्रम पराजुली , मुक्ति तिम्सिना र राम शरण घिमिरे सह- निर्माता रहेका छन् भने निर्मातामा सुशील पोखरेल रहेका छन्।

हेटौडा पुगेर दर्शक संग साक्षात्कार गर्न पाउदा आफुहरु उत्साहित रहेको कलाकारले प्रतिक्रिया दिएका छन्। सलिनले हेटौडाका दर्शकको मायाले निकै उस्ताहित रहेको बताउदै आफुले पाएको साथ र मायाको लागि आभारी रहेको बताएका छन्। चलचित्रलाई सम्राट शाक्यले निर्देशन गरेका छन्।

साम्राज्ञीसंग अंकितको जोडी, दशैमा अशोकको ‘रातो टिका निधारमा’

नेपाली चलचित्र क्षेत्रमा विस्तारै पुराना पुस्ताका कलाकारका सन्ततिले चलचित्र नगरीमा...

शनिबार ‘जात्रै जात्रा’ देशभर आक्रामक

'जात्रा' चलचित्रको सिक्वेल 'जात्रै जात्रा' ले दर्शकको उल्लेख्य साथ् पाएको...

शनिबार ‘वीरविक्रम २’ हाउसफुल, गोपीकृष्णमा कलाकार पुग्दा यस्तो माहोल (भिडियो)

जेठ ३ गतेबाट रिलिज भएको चलचित्र 'वीरविक्रम २' ले सिंगल...

पछी सर्यो निता र मिरुनाको ‘साईनो’

नेपाली चलचित्रको पहिलो अभिनेत्री भुवन चन्दको निर्माणमा तयार भएको चलचित्र...

दया र कर्माको साथमा ‘कबड्डी ३’ मा उपासना

सफल चलचित्र 'कबड्डी' को तेश्रो सिक्वेल 'कबड्डी ३' को शुभमुहर्त...

दिपेन्द्रको निर्देशनमा ‘आमा’, सुर्यमाला र सुरक्षा लिड रोलमा

नेपालमा निर्माण भएको पहिलो चलचित्र हो, आमा। वि.सं. २०२० मा...


image