January 28, 2019  

‘दक्षिणा’ डेव्यु अभिनेत्री निरुता सिंहले कुनै समय नेपाली चलचित्र नगरीमा राम्रो छाप छाड्न सफल भईन्। उनले लगातार सफल चलचित्रमा काम गर्दै गइन्। उनले दर्जनौ चलचित्रमा काम गरेकी छिन्। ‘दर्पण छायाँ’ ,’बन्धकी’, ‘आफन्त’, ‘को आफ्नो को बिरानो’, ‘सन्तान’ लगायत धेरै सफल चलचित्रमा उनले काम गरेकी छिन्। पारिवारिक चलचित्रमा उनको उपस्थिति पर्याय जस्तै बनेको थियो। सफल चलचित्र दिदादिदै उनि मुम्बई प्रस्थान गरिन्। उनै धेरै बर्ष पछी चलचित्र ‘नाइँ न भन्नु ल ५’ मार्फत कमब्याक गरिन्। विकासराज आचार्यको निर्देशनमा तयार भएको चलचित्रमा उनको केमियो भूमिका थियो। तर जति भूमिका थियो दर्शकका लागी त्यो उनको पुरानो दिन याद गर्न पर्याप्त थियो। यो लगतै उनलाई लगातार चलचित्रको अफर आउन थालेका छन्।

 

लभ स्टेशन, सम्हालिन्छ कहिले मन, हजारजुनी सम्म लगायत चलचित्र उनले अफर आएर छाडेका चलचित्र हुन्। केहि उनको व्यक्तिगत कारणले चलचित्र छाड्नुपर्यो भने केहि चलचित्रमा उनको पारिश्रमिकको कुरा बिचमा आएको थियो। सम्हालिन्छ कहिले मन, हजारजुनी सम्म चलचित्रको लागी उनले ५ लाख डिमाण्ड गरेको कारण चलचित्रमा उनलाई काम गराउन नसकिएको बुझिएको छ। थोरै भूमिकाको लागी पनि महँगो पारिश्रमिक मागेको धेरैको बुझाईरहेको छ।

हाल उनि मुख्य भूमिकामा रहेको चलचित्र ‘दाल भात तरकारी’ को शिर्ष गीतले दर्शकको निकै राम्रो प्रतिक्रिया बटुलिरहेको छ। यहि बीच उनि अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ मा देखिने भएकी छिन्। चलचित्रको एक गीतमा उनि अनमोल केसी संग देखिने छिन्। यसैका लागी उनि नेपाल आईपुगेकी छिन्। एयरपोर्टमा उनको स्वागत गर्न भुवन केसी स्वयम् पुगेका थिए। चलचित्र नगरीमा कमव्याक गर्दैगर्दा ५ लाख पारिश्रमिकको प्रश्न उनलाई आउनु स्वभाविक थियो।

 

निरुता भन्छिन्,’ मैले मागेको ५ लाख चलचित्रको पारिश्रमिकको कुरा मात्र थिएँ, केहि प्राविधिक कुराहरु पनि थिए। मेरो कामको कदर गर्नेलाई यति पारिश्रमिक ठिक लाग्छ होला। नगर्नेलाई बढी लाग्नु स्वाभाविक हो। मलाई जसले जुन हिसाबले सोच्नुहुन्छ पारिश्रमिकको बिषय पनि पनि त्यही हो ।’

पुरानो दिन स्मरण गर्दै निरुता भन्छिन्, ‘मैले पहिले पारिश्रमिक बढाउदा पनि यसले चलचित्र नगरी छाड्छे, याहा टिक्दीन भन्थे। तर पनि मैले चलचित्रमा काम गरे। अब अहिले आएर मलाई यहाँ स्थापित हुनु छैन। मलाई चलचित्रमा लिनुपर्छ भन्ने पनि छैन। म कामको सम्मान गर्छु र कामको जसले कदर गर्छ उहाले मलाई दिनुभएको छ।

 

 

महानायकलाई सम्मान गर्न ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

साधना कला केन्द्रले ’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रम आयोजना...

‘मेरो एउटा साथी छ २’ को अफर अनमोललाई गरेको छैन: दिनेश राउत

दशक अगाडिको हिट चलचित्र 'मेरो एउटा साथी छ' को सिक्वेल...

अनमोललाई अपिलले गरे ‘प्रताप’ अफर, देखिए सकारात्मक

पछिल्लो समय सर्वाधिक चर्चामा रहने अभिनेता हुन्, अनमोल केसी। महँगो...

प्रदिपलाई पलको शुभकामना

नेपाली चलचित्र नगरीमा पछिल्लो समयका चल्तीका कलाकारमा पर्छन्, पल शाह...

बोल्ड प्रियंकासंग रोमान्टिक आयुष्मान (फोटोफिचर)

नेपाली चलचित्रकी व्यस्त अभिनेत्री प्रियंका कार्की यतिवेला होलिडे टाइममा रहेकी...

‘ब्रेकअप’ पछी अभिनेत्री इच्छाले गरिन् इन्गेजमेन्ट

फागुन १७ गतेबाट रिलिज भएको चलचित्र 'दि ब्रेकअप' डेव्यु अभिनेत्री...


image