January 23, 2019  

नेपाली चलचित्र बजारमा बर्सेनी १०० बढी चलचित्र रिलिज हुने गर्दछन्। ५२ हप्तामा हरेक हप्ता दुई वा त्यो भन्दा बढी चलचित्र रिलिज हुने गर्दछन्। हप्तामा दुई चलचित्र त्यो पनि बिदाको समयमा नेपाली चलचित्र बजारका लागी सहज मानिन्छ। स्टार मानिएका कलाकार बाहेक कम चलचित्र निर्माताले मात्र सोलो रिलिजको अवसर पाउने गर्दछन्। पछिल्लो केहि महिनाबाट नेपाली चलचित्र बजार निकै सुस्ताएको छ। सुस्ताएको चलचित्र बजार उकास्न युवास्टारको चलचित्रले महत्वपूर्ण भूमिका रहने चर्चा सिनेवृतमा रहेको छ। अनमोल केसी, आशिरमान देशराज जोशी, सलिनमान वनियाँको साथमा प्रदिप खड्काको चलचित्र यहि बर्ष रिलिज हुने चर्चा रहेको छ।

 

अनमोल केसी स्टारर चलचित्र ‘क्याप्टेन’ फागुनमा रिलिज हुदैछ। फुटवल खेलाडीको भुमिकामा प्रस्तुत भएका अनमोलको यो चलचित्रलाई निकै चासोका साथमा हेरिएको छ। दिवाकर भट्टराईको निर्देशनमा तयार भएको चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, विल्सन विक्रम राई लगायतका कलाकारको अभिनय रहेको छ। तर यो मितिमा युवा राईजिङ्ग स्टार आशिरमान देशराज जोशीको चलचित्र ‘दि ब्रेकअप’ रिलिज हुदैछ। पहिलो चलचित्रबाट व्यापारिक हिसावले असफल भए पनि उनको क्रेज निकै लोभलाग्दो रहेको छ। निर्देशक हेमराज बिसीले अनमोल केसीसंग प्रतिशोध साध्न यो मितिमा चलचित्र रिलिज गराएको धेरैको चर्चा रहेको छ। हेमराजका सवै सफल चलचित्र अनमोल संग नै रहेका छन्।

 

त्यस्तै यो बर्षको अर्को गतिलो टकराव चैत्र २९ गते रहेको छ। यो मितिमा अनमोल केसी स्टारर अर्को चलचित्र ‘ए मेरो हजुर ३’ रिलिज हुदैछ। यो बर्षको अर्को प्रतिक्षित चलचित्र हो ‘ए मेरो हजुर ३’। झरना थापाको निर्देशनमा तयार हुदै रहेको चलचित्रमा सूहाना थापा मुख्य भूमिकामा रहेकी छिन्। यहि मितिमा झरना क्यापबाट डेव्यु गरेका अभिनेता सलिनमान वनियाँको चलचित्र ‘यात्रा रिलिज हुदैछ. पहिलो चलचित्रबाट निकै राम्रो क्रेज बनाएका सलिनमानको यो चलचित्रलाई पनि प्रतीक्षाको बिषय रहेको छ।

त्यस्तै यहि मितिमा अभिनेता प्रदिप खड्का स्टारर चलचित्र ‘लभ स्टेशन’ रिलिज हुने चर्चा रहेको छ। उज्ज्वल घिमिरेको निर्देशनमा तयार भएको चलचित्रमा प्रदिप खड्काको साथमा जसिता गुरुङ्ग मुख्य भूमिकामा रहेका छन्। दुवैको जोडीलाई दर्शकले ‘लिलिबिली’ मा निकै रुचाएका थिए। युवास्टारमा अनमोल सर्वाधिक चर्चामा रहने अभिनेता हुन्। उनको प्रतिष्पर्धीको रुपमा प्रदिप, सलिन लगायतका कलाकारलाई लिन थालिएको छ।

स्टार पावर भिडन्तको यो टकरावमा स्टारडमको असली परिक्षा अनमोलको हुनेछ किनभने दुवै मितिमा उनको चलचित्र रिलिज तयारीमा छन्।

महानायकलाई सम्मान गर्न ‘ट्रिब्युट टु मेगास्टार राजेश हमाल’

साधना कला केन्द्रले ’ट्रिब्युट टु मेगास्टार राजेश हमाल’ कार्यक्रम आयोजना...

‘मेरो एउटा साथी छ २’ को अफर अनमोललाई गरेको छैन: दिनेश राउत

दशक अगाडिको हिट चलचित्र 'मेरो एउटा साथी छ' को सिक्वेल...

अनमोललाई अपिलले गरे ‘प्रताप’ अफर, देखिए सकारात्मक

पछिल्लो समय सर्वाधिक चर्चामा रहने अभिनेता हुन्, अनमोल केसी। महँगो...

प्रदिपलाई पलको शुभकामना

नेपाली चलचित्र नगरीमा पछिल्लो समयका चल्तीका कलाकारमा पर्छन्, पल शाह...

बोल्ड प्रियंकासंग रोमान्टिक आयुष्मान (फोटोफिचर)

नेपाली चलचित्रकी व्यस्त अभिनेत्री प्रियंका कार्की यतिवेला होलिडे टाइममा रहेकी...

बाबु बन्दै आर्यन, सपना संगको तस्विरमा देखिए उत्साहित (फोटोफिचर)

चकलेटि अभिनेताको रुपमा आफुलाई स्थापित गरेर निकै लामो समय नेपाली...


image