को बिना बस्न सकिनन् योजना?

गायिका तथा संचारकर्मी योजना पुरीको नयाँ गीत ‘म त बस्नै सकिन’ सार्वजनिक भएको छ । पुरीको दोश्रो एल्बममा समावेश गीतको भिडियो सार्वजनिक भएको हो ।


आफ्नै युटुव च्यानलबाट भिडियो सार्वजनिक गरेकी योजनाले १० ओटा भन्दा बढी कभर भिडियो आएमा त्यस मध्येबाट एउटा उत्कृष्ट भिडियो छनोट गरेर योजनाको नयाँ भिडियोमा खेल्ने अवसर दिईने योजना रहेको गायिका पुरीले बताईन् ।
गणेश सुवेदीको शब्द रहेको गीतमा राजिव शाहको संगीत रहेको छ ।
युवराज वाईवाको निर्देशनमा तयार भएको भिडियोमा गायिका पुरी र मोडल केके अधिकारि फिचरीङमा रहेका छन् ।

Comments

comments