सिंगापुरमा अब्बल ठहरिएको ‘सेतो सुर्य’ लाई अमेरिकामा अवार्ड

केही महिना अघि सिंगापुरमा सम्पन्न फिल्म फेस्टिभलमा ‘बेस्ट फिचर फिल्म’को अवार्ड पाएको चलचित्र ‘सेतो सूर्य’ले अर्को अवार्ड हात पारेको छ ।

उत्तर अमेरिकाको प्रतिष्ठित अवार्ड कार्यक्रममा ‘२८ औँ ‘पाम स्प्रिङ इन्टरनेश्नल फिल्म फेस्ट’मा न्यु भ्वाइसेज र न्यु भिजन विधाबाट सेता सूर्यले अवार्ड हात पारेको हो ।
उक्त फेस्टिबलमा चलचित्रलाई सहभागी गराउन सोही चलचित्रका कलाकार दयाहाङ र रविन्द्रसिहं बानियाँ गएको पुस २० गते अमेरिका गएका थिए भने निर्देशक रौनियार अमेरिकामा नै बस्दै आएका छन् । द्वन्द्वकाल र आफ्नो बुवाको दाहसंस्कार गर्न दुई फरक राजनीतित पार्टीका दाजुभाईको बिचार र त्यसले निम्त्याएको परिस्थिति नै चलचित्रको मुख्य कथाबस्तु हो । दीपक रौनियारको निर्देशन रहेको ‘सेतो सूर्य’मा दयाहाङ राई, रविन्द्रसिहं बानियाँ, आशा यम मगरातीलगायतका कलाकारको अभिनय रहेको छ ।

Comments

comments