१० भारतीय सेलिब्रेटी जो पुगेका छैनन् , कपिलको चर्चित शो मा

कपिल शर्मा भारतिया टेलिभिजनमा सन् २०१३ देखि कमेडी शो चलाउदै आएका छन्। उनको शोमा बलिउड देखि विदेशी हस्तीसम्म पुगिसकेका छन्। चलचित्र प्रमोशनको लागि होस् या अरु कुनै उदेश्यले धेरैको उनको शोमा जाने चाहाना हुन्छ। तर बलिउडका यी चर्चित हस्ती उनको शोमा पुगेका छैनन्।

१.आमिर खान

 

सन् २०१३ बाट अहिले सम्म आमिरका तीन चलचित्र रिलिज भएका छन्। २०१३ मा ‘धुम-३’ , २०१४ मा ‘पिके’ र २०१६ मा ‘दंगल’  तिलिज भएका छन्। तर आमिर उनको शोमा अहिले सम्म पुगेका छैनन्।

२. रजनीकान्त

रजनीकान्त निकै लोकप्रिय कलाकार हुन्। उनका चलचित्रले भारतीय सिनेमा बजारमा बिशेस महत्व राख्ने गर्दछन। २०१४ मा ‘कोचडयान’, २०१४ मा ‘लिंगा’ र २०१६ मा ‘कबाली’ रिलिज भएका रजनीकान्त पनि कपिलको शोमा पुगेका छैनन्।

३. संजय दत्त

बलिउडका अर्का लोकप्रिय कलाकार संजय दत्त पनि कपिलको शोमा पुगेका छैनन्। सन् २०१३-१४ मा उनका चार चलचित्र रिलिज भएका थिए।

४ नाना पाटेकर

कपिल शर्माको कमेडी शो सुरु भए पछी यी कलाकारका दूइ चलचित्र रिलिज भएका छन्। तर पनि उनि कपिलको शो मा पुगेका छैनन्।

५ सचिन तेन्दुलकर

क्रिकेटका मास्टर ब्लास्टर सचिन तेन्दुलकर हालसम्म कपिलको शोमा पुगेका छैन। कपिल शर्मा स्वयमको चाहाना सचिनलाई शोमा ल्याउने भए  पनि उनको त्यो चाहाना हालसम्म पुरा भएको छैन।

६ श्रीदेवी

बलिउड अभिनेत्री श्रीदेवी पनि कपिलको शोमा देखिएकी छैनन्। निकै  सुन्दर अनि बोल्ड अभिनेत्रीको कपिलको शो सुरु पश्चात कुनै चलचित्र प्रदर्शनमा आएका छैनन्। सन् २०१७ मा उनको नया चलचित्र आउन लागेको बेला श्रीदेविलाई उनको शोमा देख्न मिल्ने हो या हैन त्यो भविष्यले बताउला?

७. महेन्द्र सिह धोनी

भारतीय क्रिकेट टिमका कप्तान महेन्द्र सिह धोनी पनि कपिल शोमा देखिएका छैनन्। सन् २०१६ मा रिलिज भएको उनको बायोपिक चलचित्रको दौरानमा कपिलले उनलाई आफ्नो शो मा ल्याउने चाहाना राखे पनि उनि हालसम्म कपिलको शोमा उपस्थित भएका छैनन्।

८. बाबा रामदेव

बाबा रामदेव पनि कपिलको शोमा देखिएका छैनन्। भारतीय रियालिटी शो ‘सुपर डान्सर’ मा केहि समय अगाडी रामदेव देखिएका थिए। अब उनि कपिलको शोमा आउलन या नआउलान त्यो भविष्यले बताउला?

९ राधिका अप्टे

बलिउड हट अभिनेत्री राधिका अप्टे पनि पैल शर्माको टेलिभिजन शो मा देखिएकी छैनन्। सन् २०१३ पछाडि धेरै चलचित्रमा देखिएकी उनि कपिल को शो मा आफ्नो कुनै पनि चलचित्रको प्रमोशनमा देखिएकी छैनन्।

१० अक्षय खन्ना

सन् १०१६ मा रिलिज भएको चलचित्र ‘ढिशूम’ मा भिलेन को रुपमा अक्षय देखिएका थिए। चार बर्ष पछी बलिउडमा फर्किएका उनि कपिलको शोमा अहिले सम्म देखिएका छैनन्।

Comments

comments