साम्राज्ञीको ‘तिमि संग’ मा करिश्माको जवानीमा आँखा लगाउदै दुई ठिटा (भिडियो)

loading...

भदौ ८ गतेलाई रिलिज मिति तय गरेको चलचित्र ‘तिमि संग’ को नयाँ गीत सार्वजनिक भएको छ। ‘मन मेरो चन्चले’ बोलको गीतमा करिश्मा मानन्धरले कम्मर मर्काएकी छिन्।

दिपक पाठक र लावोनी चक्रवर्तीको आवाज रहेको गीतमा दिपक पाठकको शब्द रहेको छ। दिपक पाठक र रिदम कंडेलले संगीत भरेको गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी रहेको छ। भिडियोमा करिश्मालाई साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन , आकाश श्रेष्ठ र अनुपम श्रेष्ठले साथ दिएका छन्।

शिशिर राणाले निर्देशन गरेको चलचित्रमा साम्राज्ञी राज्यलक्ष्मी शाह, नाजिर हुसेन , आकाश श्रेष्ठ, अनुपम श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ।

 

Comments

comments