गर्लफ्रेन्ड संग अनस्क्रिन रोमान्स गर्न टाइगर तयार

रियल लाईफमा प्रेममा रहेका टाइगर श्राफ र दिशा पटानीले अब अनस्क्रिन रोमान्स गर्ने भएका छन्। यी दुईलाई दर्शकले चलचित्र ‘वाघी २’ मा एकसाथ देखिने छन्। चलचित्रको लागि फ्रेस जोडी खोजिरहेका निर्माता साजिद नाडियवालाले चलचित्रको लागि दिशा नै पर्फेक्ट भएको बताएका छन्। चलचित्र ‘वाघी’ निकै सफल बनेको थियो।

चलचित्रमा टाइगरको साथमा श्रद्धा कपुरले काम गरेकी थिइन्। अव भने टाइगरकी हट प्रेमिकाको रुपमा परिचित दिशा पटानीले चलचित्रमा जादु देखाउनेछिन्।

Comments

comments