मल्टीस्टारर ‘ठग्स अफ हिन्दुस्तान’ लाई तनाव

आमिर खान र अमिताभ बच्चन मुख्य भूमिकामा रहेको चलचित्र ‘ठग्स अफ हिन्दुस्तान’ दर्शकको लागि निकै प्रतिक्षित बनेको चलचित्र हो। आमिर र अमिताभ एकसाथ देखिन लागेकै कारण पनि चलचित्रको चर्चा रहेको छ। सोहि चलचित्रको सुटिङ हालसालै सुरु भएको थियो। तर यतिबेला चलचित्रको सुटिङ प्रभावित बनेको छ।


मलाडमा भैरहेको सुटिङ मुम्बईमा सुरु भएको मनसुनको कारण रोकिएको छ। सन् २०१८ को दीपावलीमा चलचित्र रिलिज हुने तयारीमा रहेको छ। चलचित्र चार लुटेराको कथामा बन्दैछ। चार लुटेरामा आमिर खान, अमिताभ बच्चन, कटरिना कैफ र फातिमा सना शेख रहेका छन्। यशराज फिल्म्सको सवैभन्दा ठुलो मानिएको चलचित्रलाई विजय कृष्ण आचार्यले निर्देशन गर्दैछन्।

Comments

comments