कपिल शर्मा शो बन्द गर्ने सोनीको चेतावनी

पछिल्लो केहि समयबाट भारतीय कमेडियन कपिल शर्मा विवादमा परिरहेका छन्। उनका केहि सहकर्मीले शो छाडेर गएपछि उनि समस्यामा परिरहेका हुन्। उनको शोमा काम गरिरहेका चर्चित कमेडियन सुनिल ग्रोवर, अलि असगर, चन्दन प्रभाकर लगायतका कलाकारले उनको शोमा नफर्कने बताएका छन्।


कलाकारहरुले शो छाडेसंगै शोको टिआरपी कमजोर बनेको छ। टप १० भित्र अटाउन नसकेको शोको टिआरपी एक महिना भित्र बढाउन नसकेमा उनको शो बन्द गर्ने सोनी च्यानाले बताएको छ। अप्रिल महिना सम्म कपिल र सोनी च्यानलको सम्झौता रहेको छ। त्यसपछि शोको टिआरपी हरेर नयाँ सझौता गर्ने मुडमा सोनी च्यानल रहेको भारतीय मिडियाले उल्लेख गरेका छन्। – एजेन्सी

Comments

comments