यस्तो बनेर आयो स्वस्तिमा र सुरज को ‘लभ लभ लभ’ को गीत (भिडियो)

वैशाख १ गतेबाट रिलिज हुने तयारीमा रहेको चलचित्र ‘लभ लभ लभ’ को पहिलो गीत रिलिज भएको छ। दिपेन्द्र के खनालको लेखन तथा निर्देशनमा तयार भएको चलचित्रको ‘तिमि अघि अघि’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको हो। विहिवार राजधानीमा पत्रकार भेटघाट कार्यक्रमा आयोजना गर्दै गीतको भिडियो सार्वजनिक गरिएको थियो।
आरिफ रफुको आवाज रहेको गीतमा सुरेश राईको शब्द र संगीत रहेको छ।


सुरज सिने आर्ट्सको व्यानरमा तयार भएको चलचित्रमा स्वस्तिमा खडका र सुरज पाण्डे मुख्य भूमिकामा रहेका छन्।
सुरज र स्वस्तिमाको साथमा चलचित्रमा रमेश बुढाथोकी, देशभक्त खनाल , रुपा राणा लगायतका कलाकारको अभिनय रहेको छ।

Comments

comments