‘बिग बोस-१०’ मा नयाँ हंगामा, प्रियंका पछी स्वामी ओम निकालिए घरबाट

भारतीय टेलिभिजन रियालिटी शो ‘बिग बोस-१०’ मा केहि साता अगाडी प्रियंका जग्गालाई  सलमान खान ले घरबाट निस्कासित  गरेका थिए। उनको अभद्र व्यवहारका सलमानले उनलाई घरबाट निकालेको केहि समय पछी स्वामी ओम पनि घर बाट निकालिएका छन्।

बिगत केहि समय बाट स्वामी ओम को अभद्र व्यवहार बाट सबै वाक्क भएको समयमा बिग बोसले उनलाई घरबाट निकालेका हुन्। बिग बोसको घरमा भएको एक टाक्सको क्रममा  कप्तान बनाईएका स्वामीले अभद्र व्यवहार गरेपछि उनलाई बिग बोसले घरबाट निकालेका हुन्।

Comments

comments