तमन्ना देखि तृषा, बलिउडमा सुपर फ्लप बनेका यी साउथ अभिनेत्री

साउथ चलचित्र बजारमा निकै ठुलो सफलता हासिल गरेका धेरै अभिनेत्रीहरु बलिउडमा असफल बनेका छन्। चलचित्र बजारमा नकै ठुलो क्षेत्र मानिएको बलिउड चलचित्रमा कम गरेर स्टार बन्ने चाहाना धेरैको रहेको छ।
तर साउथ चलचित्रमा ठुलो सफलता हासिल गरेका धेरै अभिनेत्रीले बलिउड चलचित्रमा असफलताको स्वाद चाखेका छन्।

१. तृषा कृष्णन
१९९९ मा तामिल चलचित्र ‘जोडी’ मार्फत चलचित्र क्षेत्रमा डेव्यु गरेकी तृषा साउथ चलचित्रमा निकै सफल छिन्। उनले बलिउड खिलाडी अक्षय कुमारको चलचित्र ‘खट्टा मिठ्ठा’ मार्फत सन् २०१० मा बलिउडमा डेव्यु गरेकी थिइन्। तर उनको यो चलचित्र सुपर फ्लप बनेको थियो।

२. तमन्ना
साउथ चलचित्रमा निकै रुचाईएकि अभिनेत्री हुन्, तमन्ना। साउथमा सफल बनेकी अभिनेत्री तमन्नाले सन् २०१३ मा हिम्मतवाला चलचित्र मार्फत बलिउडमा इन्ट्री मारेकी थिइन्। त्यस्तै उनले ‘हमसकल’ र इन्टरटेन्मेन्ट चलचित्रमा काम गरेकी छिन्। उनले सफल अभिनेता अभिनित चलचित्रमा काम गरे पनि बलिउडमा उनि फ्लप रहेकी छिन्।

३. काजल अग्रवाल
साउथ चलचित्रकी सफल अभिनेत्री काजल अग्रवालले २००४ मा ‘क्यो.. हो गया ना’ चलचित्र मार्फत डेव्यु गरेकी थिईन्। त्यसपछि सिंघम , स्पेशल २६ चलचित्रमा काजलले काम गरिसकेकी छिन्। उनले अभिनय गरेका चलचित्र सफल भए पनि बलिउड दुनियामा भने उनि फ्लप रहेकी छिन्।

४. श्रुति हसन
साउथ चलचित्रकी सफल अभिनेत्री श्रुति हसन पनि बलिउडमा आफ्नो जादु चलाउन असफल रहेकि छिन्। दिल तो बच्चा है जी, रमैया- वस्तावैया, वेलकम ब्याक लगायतका बलिउड चलचित्रमा अभिनय गरेकी श्रुतिको कुनै पनि चलचित्रले बलिउडमा कमाल मचाउन सफल भएका छैनन्।

५. भूमिका चावला
सलमान खान मुख्य भूमिकामा रहेको चलचित्र ‘तेरे नाम’ मार्फत बलिउडमा प्रवेश गरेकी भूमिकाले धेरै बलिउड चलचित्रमा काम गरेकी छिन्। आधा दर्जन बढी बलिउड चलचित्रमा कम गरे पनि उनले त्यो छाप बलिउडमा छोड्न सकेकी छैनन्।-एजेन्सी

Comments

comments