सिमान्त सन्तोषको नयाँ गीत सार्वजनिक

गायक सिमान्त सन्तोषको नया गीत सार्वजनिक भएको छ। छुटाई गयौ किन कुन्नि? बोलको गीत सार्वजनिक भएको हो। ओम नाथ कडरियाको शब्द रहेको गीतमा सिमान्त सन्तोषको कम्पोज र आवाज रहेको छ।


वीगत तीन बर्षबाट नेपाली गायन क्षेत्रमा सक्रिय सिमान्त स्टेज परफर्मेन्सको लागि निकै माहिर मानिन्छन्। गीतमा आफैँ मोडलिङ गर्ने उनले ‘उचाई’ एल्वमबाट साङ्गीतिक यात्रा सुरु गरेका हुन् । सिमान्त छिट्टै नै ‘दुर्गाले मुर्गा बनाई…’ , ‘जहाँ छौ प्रिय तिमी…’ जस्ता गीत स्रोता–दर्शकमाझ ल्याउने तयारीमा छन् । आफ्नो पहिलो गीत ‘मेरो दिल दुखायौ के पायौँ…’बाट नै वाही वाही बटुलेर मन जित्न सफल भएका थिए सन्तोष ।

Comments

comments