‘सलमान खानलाई आफ्नै कफी सपमा कफी खुवाउने चाहाना छ’- स्वेता खडका (भिडियोसंवाद)

अभिनेत्री, व्यवसायी तथा निर्मात्री स्वेता खडका पछिल्लो समय आफ्नो दैनिकीमा निकै व्यस्त बनेकी छिन्। अभिनेता तथा पति श्रीकृष्ण श्रेष्ठको निधन पछी निकै लामो समय सम्म शोकमा डुबेकी स्वेता विस्तारै आफ्नो दैनिकी सहज हुदै गएको बताउछिन्।


जति सुन्दर उनि छिन्, जति सहज अभिनय उनि गर्छिन त्यति नै अव्वल व्यवसायी पनि हुन्, स्वेता। ‘कोहिनुर’  निकै सफल चलचित्र हो। यो चलचित्र पछी उनले नयाँ चलचित्र निर्माण गरेकी छैनन्। पछिल्लो समय उनि अभिनेता दयाहाङ राई संग मिलेर चलचित्र बनाउने चर्चा बाहिरिएको छ। यस विषयमा उनले भनिन्, ‘दया जी मलाई निकै मन पर्ने कलाकार हो। उहा संग मिलेर चलचित्रमा संगै काम गर्ने कुरा पनि भएको छ। भविष्यमा चाडै यो प्रोजेक्ट तपाईहरुले देख्न पाउनुहुनेछ।’
श्रीकृष्ण श्रेष्ठको निकै ठुलो फ्यान रहेको बताउने स्वेता स्कुल पढ्दा तेक्वान्दो खेल्न रुचाउने बताउछिन।
स्वेतालले रमाईलो एक प्रसङ्ग उठाउदै भनिन,’ मेरो कफी सपमा धेरै नेपाली कलाकार आइसक्नु भयो, नेपाली कलाकार संग हैन मलाई त बलिउड अभिनेता सलमान खानलाई आफ्नै कफी सपमा कफी खुवाउने र डेट गर्ने चाहना छ।’
बाल्यकाल देखि अहिलेसम्म स्वेताको जीवन यात्राको कुराकानी हामीले भिडियोमा प्रस्तुत गरेका छौ।

Comments

comments