स्व. श्रीकृष्णको गाउँमा अभिनेत्री स्वेता, सिन्धुपाल्चोकमा गर्नेछिन् बस्ति निर्माण

२०७२ साल बैशाखमा गएको भूकम्पले क्षति पुर्याएका धेरै वस्ती अझै पुनर्निर्माण हुन सकेका छैनन्। कति बस्तीहरु पुननिर्माण भएका छन् भने कति ठाउका बस्ति अझै भत्किएकै अवस्थामा रहेका छन्।


भूकम्पपछी कलाकारहरु भत्किएका बस्तीहरु उठाउने जिम्मेवारी आफ्नो काँधमा लिदै आएका छन्। यहि क्रममा निर्मात्री तथा अभिनेत्री स्वेता खड्काले भूकम्पबाट प्रभावित भएको सिन्धुपाल्चोक ठुलो शिरुबारीस्थित झ्याँडी गाउँमा सहयोग गर्ने भएकी छिन् । स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठको गृहजिल्ला सिन्धुपाल्चोकको उक्त गाउँका ६५ घरधुरी निर्माण गर्ने जिम्मेवारी स्वेताले लिएकी छिन्।

उनले शनिवार माझि बस्तीको अवलोकन गर्दै आफुले सकेको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन्। उनले स्थानिय बिच बोल्दै भनिन्, ‘यो बस्तीलाई नमुना बस्ती बनाउँन म आफ्नो ज्यान दिएर लाग्नेछु। सरकारले गर्ने आर्थिक सहयोगमा हामीले व्यवस्थापन गरेर नमुना बस्ती बनाउँनेछौं ।’
अभिनेता तथा पति श्रीकृष्णको निधन पछी पहिलोपटक उक्त बस्तीमा पुगेकी उनलाई ‘भाउजु’ भन्दै फूलमाला र खादाले स्वागत गरेका थिए।

Comments

comments