फरक भेष फरक समुदायको प्रतिनिधित्व, हेर्नुहोस श्वेताको नयाँ रुप (फोटोफिचर)

अभिनेत्री श्वेता खड्का पछिल्लो समय निकै व्यस्त छिन्। केहि समय अगाडी माझि बस्तीको निर्माण गरेकी श्वेताले नयाँ चलचित्र ‘कान्छी’ को निर्माण घोषणा गरिसकेकी छिन्।

दयाहाङ राई, श्वेता खड्का र नम्रता सापकोटा मुख्य भूमिकामा रहने चलचित्र चाडै नै फ्लोअरमा जाने तयारीमा रहेको छ। सामाजिक कार्यमा समेत संलग्न श्वेताको फरक समुदाय संगको लगाव र प्रेम पनि निकै गज्जबको रहेको छ।

 

यहि दौरान श्वेताले फरक फरक समुदायको प्रतिनिधित्व हुने हिसाबले तस्विरहरु सार्वजनिक गरेकी छिन्।

बुम रेमिटको ब्राण्ड एम्बासेडर रहेकी स्वेताले फरक फरक समुदायको प्रतिन्धित्व हुने गरेर फोटोसुट गराएकि हुन्।फरकशैली र फरक भेषमा फोटोसुट गराउदा निकै रमाईलो अनुभव भएको श्वेताले सुनाईन।

नेवारी, शेर्पा लगायतको समुदायको प्रतिनिधित्व हुने हिसावका उनका तस्विर तपाईको लागि प्रस्तुत गरेका छौ।

 

Comments

comments