निखिल भर्सेज निखिल, कस्तो नतिजा आउला साउन १३ मा?

नेपाली चलचित्र निर्माता अनि चलचित्र वितरकहरुले बेला बेलामा अनौठो निर्णय गर्ने गर्दछन्। एक अर्कालाई तल देखाउन हमेसा अगाडी बढिरहेका हुन्छन्।


राम्रो भनिएका चलचित्रहरु एकसाथ जुधाउने काम पनि भैरहेको नै हुन्छ। नेपाली दर्शकहरुमा अन्योलता सधै कायम भएको नै हुन्छ। यस्तै हुने भएको छ साउन १३ गते। बर्षको प्रतिक्षित मानिएको चलचित्र ‘प्रेमगीत २’ ले साउन १३ गतेलाई रिलिज मिति तय गर्यो। प्रेमगीत आफैमा सफल चलचित्र भएको कारण यसको सिक्वेल कस्तो बनेको होला भनेर हेर्न दर्शक प्रतिक्षित छन्। तर यहि भिडमा मल्टीस्टारर चलचित्र ‘संरक्षण’ पनि साउन १३ मा नै रिलिज हुनको लागि तयार भयो। निखिल उप्रेती, सौगात मल्ल, मलिना जोशी ,अशिष्मा नकर्मी लगायतका कलाकार अभिनित चलचित्रको आफैमा स्टारपावरको परिक्षा रहेको छ।

निखिल उप्रेती स्टारर रहेको चलचित्र संग भिड्न निखिल उप्रेती प्रोडक्सनको नै चलचित्र ‘रुद्र’ पनि थपिएको छ। साउन २० लाई रिलिज मिति तय गरेको चलचित्र १ हप्ता अगाडी सर्दै साउन १३ मा नै भिड्न आईपुगेको छ। रामजी लामिछानेले निर्देशन गरेको ‘रुद्र’ मा निखिल पहिलोपटक खलपात्रको भूमिकामा देखिदैछन्।

अझ रमाईलो कुरा त के छ भने दुवै चलचित्रको वितरक कम्पनि एकै हो। चलचित्रलाई एफडी कम्पनीले वितरण गर्ने जिम्मा लिएको छ।

किन जुधाईयो त निखिल उप्रेतीका दुई चलचित्र एकसाथ?
एफडी अध्यक्ष नरेन्द्र महर्जन भन्छन्,’यो काम सल्लाहा मै भएको हो। आपसी छलफल बाट नै दुवै चलचित्र एकै दिन रिलिज गर्ने निर्णय भएको हो।’
अव एफडी कम्पनीले दुवै चलचित्र जुधाएर निखिलको पावर चेक गर्न खोज्दैछ अथवा आफैलाई घाटा हुने काम? त्यो चै स्वयं कम्पनीलाई नै थाहा होला।
तर यसरि चलचित्र जुधईदा यी दुई चलचित्र बाहेक ‘प्रेमगीत २’ लाई घाटा हुने देखिन्छ। सिंगल थिएटरमा निखिल उप्रेतीको राम्रो बोलबाला रहेको छ भने मल्टीप्लेक्समा सौगात मल्लको। अब यी तीन चलचित्रमा कुनै चलचित्रले रिलिज मिति फेरबदल गर्लान् वा नगर्लान् त्यो भने पछि नै थाहा होला। राम्रा भनिएका कलाकारको चलचित्र यसरि एक साथ जुधनुले कलाकार, निर्माण टिम दुवैलाई घाटा हुनेछ भने दर्शकमा अन्योलता पक्कै कायम हुनेछ।

Comments

comments