केकी र निखिल संग भिड्न सौगात तयार, मल्टिप्लेक्समा ‘शब्द’ पौष २८ मा

पौष २९ गतेलाई रिलिज मिति तय गरेर प्रचार थालिएको सौगात मल्ल स्टारर चलचित्र ‘शब्द’ अब बिहिबार नै रिलिज हुने भएको छ। निर्देशक सन्तोष शिवाकोटीका अनुसार काठमान्डौका मल्टिप्लेक्समा बिहिबार नै प्रदर्शन हुने जानकारी गराए।
यसअगाडी चलचित्र ‘किङ’ र ‘लाभ साशा’ ले बिहिबार नै प्रदर्शन मिति तय गरेपछि अन्ततः मल्टिप्लेक्समा ‘शब्द’ पनि तोकिएको मिति भन्दा अघिल्लो दिन नै प्रदर्शन हुने पक्का भएको हो। सिंगल स्क्रिनमा भने यो चलचित्र शुक्रबार नै प्रदर्शनमा आउने छ।


नेपाल संगै अष्ट्रेलियामा पनि चलचित्र शुक्रबार नै प्रदर्शन हुने चलचित्रको शोमा सहभागी हुन बुधबार अभिनेता सौगात मल्ल र अभिनेत्री कमली वाईवा अस्ट्रेलियाजाने तयारीमा छन्। ए गुरुङ, रोएदिप श्रेष्ठ अनि ओशिन भट्टराई मुख्य भूमिकामा रहेका छन्। क्युएफएक्समा ‘शब्द’ले तीन शो पाएको छ भने निखिल उप्रेती स्टारर ‘किङ’ले जम्मा १ शो पाएको छ।
त्यस्तै ‘लाभ साशा’ ले भने मल्टिप्लेक्समा आठ शो पाएको छ।

Comments

comments