सुटिङ सुरु नहुदै सौगात र प्रियंकाको ‘फाटेको जुत्ता’ रिलिज मिति तय

पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा सबैभन्दा व्यस्त कलाकार हुन् सौगात मल्ल र प्रियंका कार्की। यी दुवै कलाकारलाई दर्शकले चलचित्र ‘फाटेको जुत्ता’ मा एकसाथ देख्न पाउने छन्। बैशाख बाट फ्लोअरमा जाने तयारीमा रहेको चलचित्र कार्तिक १७ गतेबाट प्रदर्शनमा आउने छ।


भदौ २३ गतेलाई रिलिज गरिने चर्चा चलाईएको ‘फाटेको जुत्ता’ तिहारको छेकोमा रिलिज गरिन लागेको निर्माता अर्जुनकुमारले जानकारी दिएको हुन्। उनले सोहि समयमा पपकर्न पिक्चर्सको निर्माणमा बन्दै गरेको चलचित्र ‘दुई रुपैया’ रिलिज हुन लागेकोले चलचित्रको रिलिज मिति सारिएको बताएका छन्। प्रियंका कार्की र सौगात मल्ल मुख्य भूमिकामा रहेको चलचित्रअली निकेश खड्काले निर्देशन गर्ने तयारी गरेका छन्। म्युजिक भिडियोका सफल निर्देशक खड्काले यस अगाडी ‘जिन्दगि रक्स’ चलचित्र निर्देशन गरेका थिए।

Comments

comments