बधशाला देखिको सहयात्रा ‘जोजो’ सम्म, के चल्ला सौगात र अर्पणको जादु?

loading...

अभिनेता सौगात मल्ल र अर्पण थापाले पाँच वटा चलचित्रमा एकसाथ काम गरिसकेका छन्।

चलचित्र ‘बधशाला’ बाट सुरु भएको दुवैको यात्रा  ‘मुखौटा’, ‘लप्पन छप्पन’, ‘छड्के’,र ‘निभ्न लागेको दियो’ सम्म आईपुगेको छ। अभिनयमा दुवैलाई अब्बल कलाकारको रुपमा लिइन्छ। अव यी दुवैलाई नयाँ चलचित्रमा एकसाथ देखिने भएको छ। यी दुइलाई दर्शकले अब मुकुन्द भट्टको नयाँ चलचित्र ‘जोजो’ मा देख्न पाउने भएका छन्। गएको बर्ष ‘लप्पन छप्पन’ निर्देशन गरेका भट्टले नयाँ चलचित्रको घोषणा गरेका हुन्।

एक्सन रिभेन्ज स्टोरी बताईको चलचित्रको लागि हालसम्म अर्पण थापा, सौगात मल्ल, देबु लामा र नविन शाह अनुबन्धित भएको निर्देशकले बताएका छन्। चिजकुमार प्रोडक्सन, देबु श्रेष्ठ फिल्मस र मुकुन्द भट्ट फिल्मसको व्यानरमा चलचित्र निर्माण हुनेछ। कार्तिक अन्तिम साताबाट छायाँकन सुरु हुने चलचित्रलाई स्विजरल्याण्ड, फ्रान्स, स्पेन, इटाली, र अस्ट्रेलियामा खिचिने छ । पुरुषोत्तम प्रधानको छायाँकन, दीपक आरजेको संगीत रहने चलचित्रको लागि सिमसम तामाङद्वारा सौगात र अर्पणलाई दुई महिनाको तालिम दिइनेछ ।

Comments

comments