छिप्पिदै गरेको बर्षा र संजोगको प्रेम (तस्विरसहित)

नेपाली चलचित्र क्षेत्रमा बर्षा राउतलाई निकै भाग्यमानी नायिकाको रुपमा लिने गरिन्छ। एकपछि अर्को लगातार तीन हिट चलचित्र दिन सफल अभिनेत्रीको रुपमा उनले आफुलाई उभ्याउन सफल भएकी छिन्। उनि अभिनित ‘नाइँ न भन्नु ल ४ ‘ , ‘छक्का पन्जा’ र ‘जात्रा’ लगातार सफल भएका चलचित्र हुन्।

चलचित्रमा उनले जति सफलता हात परेकी छिन् ,त्यति नै चर्चा उनको प्रेम सम्वन्धको रहने गर्दछ। उनि बिगत पाच बर्षयता अभिनेता तथा व्यवसायी संजोग कोईराला संग प्रेममा छिन्। चलचित्रमा सफलता हासिल नगरे पनि संजोग व्यवसायिक रुपमा भने निकै सफल छन्।

केहि समय अगाडी यी दूइले आफ्नो पाच बर्ष पुरानो प्रेम सम्वन्ध सार्वजनिक गरेका थिए । प्रेम सम्वन्ध सार्वजनिक संगै यी दूई हरेक सार्वजनिक कार्यक्रममा साथ देखिने गर्दछन।

हामीले फरक समय यी दुईलाई एकसाथ कदै गरिएका तस्विरहरु प्रस्तुत गरेका छौ।

तस्विर: मिलन ढुंगाना 

बर्षा र संजोग संग गरिएको रमाईलो कुराकानी

Comments

comments