साम्राज्ञीले खोलिन् ‘छक्का पन्जा २’ मा काम नगर्नुको कारण (भिडियोसहित)

बर्ष २०७३ को सफल चलचित्र ‘छक्का पन्जा’ को सिक्वेल यतिबेला निर्माणको तयारी भैरहेको छ।  ‘छक्का पन्जा २’ नाम राखेर यतिबेला दिपक-दिपा चलचित्र निर्माणको क्रममा जुटेका छन्। ‘छक्का पन्जा’ का अधिकांश कलाकारको साथमा केहि चर्चित मुहार थपेर चलचित्रको निर्माण घोषणा भैसकेको छ। निश्चल बस्नेत, स्वस्तिमा खड्का, स्वरूपपुरुष ढकाल लगायतका कलाकार चलचित्रमा थपिएका छन्।

चाडै नै छायाँकन सुरु हुने बताईएको चलचित्रमा धेरै कलाकारको नाम चलाईएक थियो। प्रदिप खड्का देखि साम्राज्ञी राज्यलक्ष्मी शाह सम्म चलचित्रमा रहने चर्चा चलईयो। तर दुवैले यो चलचित्रमा काम नगर्ने पक्का भैसकेको छ। प्रदीपले चलचित्रमा काम गर्न अस्विकार गर्नुको कारण यसअगाडी हामीले तपाईको लागि प्रस्तुत गरिसकेका छौ।

आज हामि साम्राज्ञीले चलचित्रमा किन काम गरिनन् भन्ने बिषयमा तपाइहरुलाई जानकारी गराउन लागिरहेका छौ। साम्राज्ञी राज्यलक्ष्मी शाहले ‘छक्का पन्जा २’ मा काम गर्न अस्विकार गरेक समाचार अनलाईन मिडियामा भाईरल भएपछि निर्माता तथा कलाकार दिपकराज गिरीले सामाजिक संजालमा स्टाटस नै राखेका थिए। उनले साम्राज्ञीलाई चलचित्रमा अफर नै नगरिएको आशय सहितको स्टाटस पोस्ट गरेका थिए।

उनले लेखेका थिए,’साम्राज्ञिले छक्का पन्जा छोडिन भन्ने न्यूज़ भाइरल भएछ… फिल्मको कथा नै तैयार भै सक्या छैन , कसरी छोडिछन्? रिलिज भैसक्या छक्का पन्जा छोडिन पो भन्या हो कि? जबकि चल्तिका २,३ नायिकाहरू पहिलै छन् फिल्ममा ती नब नायिकाको नाम किन भजाउनु हाम्ले? साम्राज्ञि संग फिल्मको बिहे नै भा छैन …. डिबोर्सको के कुरा? डिवोर्स हुनलाइ पहिला बिहे त हुनु पर्यो?

यसबाट उनले साम्राज्ञीलाई चलचित्रमा अफर नै नगरेको आशय हुन्छ। तर हामी संगको कुराकानीमा साम्राज्ञीले चलचित्रमा अफर आएपनि ‘ईन्टू मिन्टू लन्डनमा’ संग सुटिङ क्ल्यास हुने भएकाले आफुले काम गर्न नसकेको बताएकी छिन्। उनले भनिन्, ‘मलाई छक्का पन्जा २ मा काम गर्ने कुरा गर्नु भएको थियो। चलचित्रमा लिड रोलमा अफर गर्नु भएक थियो। तर त्यस अगाडी ‘ईन्टू मिन्टू लन्डनमा’ साईन गरिसकेको हुनाले सुटिङ्ग समय नमिल्ने भएको कारणले आफुले चलचित्रमा काम गर्न नसकेको बताएकी छिन्। उनले राम्रो टिम संग काम गर्न नसकेको बताएकी छिन्।

अब दिपकराज गिरीले चलचित्र खेल्न अफर नगरेको आशयको स्टाटस पोस्ट गर्नु र साम्राज्ञीले यस्तो अभिव्यक्ति दिनुले दुवैको कुरा बाझिएको प्रस्ट हुन्छ।

Comments

comments