निर्माताको स्वार्थको चेपुवामा साम्राज्ञी, कस्तो असर पर्ला करियरमा?(भिडियोसहित)

युवापुस्ता माझ निकै लोकप्रिय छिन् अभिनेत्री साम्राज्ञीराज्य लक्ष्मी शाह ‘ड्रिम्स’ चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी साम्राज्ञी पहिलो चलचित्रबाट नै हिट बनेकी अभिनेत्री हुन्। चलचित्र ‘ड्रिम्स’ पछी करिव दुई बर्ष भयो दर्शकले उनको कुनै पनि चलचित्र हेर्न पाएका छैनन्। पछिल्लो समय उनले ‘तिमि संग’ , ‘ए मेरो हजुर २’ र ‘मंगलम’ को छायाँकन सकेकी छिन्। मंगलममा उनको केमियो रोल रहेको छ भने बाँकी २ चलचित्रमा उनि मुख्य अभिनेत्रीको रुपमा रहेकी छिन्।


केहि समय अगाडी चलचित्र ‘ए मरो हजुर २’ गीत सार्वजनिक गर्दै चलचित्रको रिलिज मिति भदौ १६ गतेलाई तय गर्यो। नव अभिनेता सलिनमान वनियाँ संग स्क्रिन शेयर गरेकी उनको कामलाई दर्शकले निकै रुचाए। दुवैको केमेष्ट्री पनि निकै लोभलाग्दो रहेको प्रतिक्रिया प्राप्त भए। साम्राज्ञीको करियरलाई यो चलचित्रले निकै माथि पुर्याउने आकलन समेत लगाउन थालियो। रिलिज मिति नजिकिदै गर्दा चलचित्रको अर्को गीतको भिडियो र अडियो जुकबक्स समेत निकालियो। दर्शकले त्यसमा पनि सकारात्मक प्रतिक्रिया दिए पछी साम्राज्ञीको हाइप थप बढ्यो।

भदौ ८ मा रिलिज हुने भनिएको चलचित्र ‘कृ’ ले आफ्नो रिलिज पछाडी सरेपछि साम्राज्ञीलाई थप फाईदा हुने आँकलन समेत काट्न थालियो ।

तर साम्राज्ञीले सोचजस्तो फाईदा नहुने भयो। भदौ ८ गते उनि अभिनित नै चलचित्र ‘तिमि संग’ ले रिलिज मिति तय गर्यो. चलचित्रको ‘टिजर’ सार्वजनिक गर्दै नयाँ रिलिज मिति तय गर्दा साम्राज्ञीलाई प्रत्यक्ष धक्का पुग्ने देखिनेछ। ‘ए मेरो हजुर २’ ले सम्रागिको बढाउदै गरेको गरेको साम्राज्ञीको हाइपको प्रत्यक्ष फाईदा ‘तिमि संग’ निर्माण टिमले उठाउन खोजेको देखिन्छ।
अब एक हप्ता अगाडी रिलिज मिति तय गरेको ‘तिमि संग’ को व्यापारले ‘ए मेरो हजुर २’ लाई प्रत्यक्ष असर पर्नेछ। निर्माताले आफ्नो फाईदा हेर्न खोज्दा भविष्यको अपेक्षित मानिएका कलाकारको करियर नै डामाडोल पर्न सक्छ।

एक अर्काको प्रतिष्पर्धी बन्दा कलाकारको करियरलाई निर्माताले ध्यान दिन सके सम्भावना बोकेका कलाकारलाई फाइदा पुग्ने थियो की?

Comments

comments