शिल्पाको ‘मंगलम’ मा ड्रिम्स गर्ल साम्राज्ञी बिशेष

पछिल्लो समय धमाधम छायाँकन भैरहेको चलचित्र ‘मंगलम’ मा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह बिशेष भूमिकामा देखिने भएकी छिन्। छविराज ओझा कार्यकारी निर्माता रहेको चलचित्रमा शिल्पा पोख्रेलको समेत लगानी रहेको छ।

शिल्पा पोख्रेल र पुष्पल खड्का चलचित्रमा मुख्य भूमिकामा रहेका छन्। ‘ड्रिम्स’ को सफलता संगै साम्राज्ञी ‘ए मेरो हजुर २’ को सुटिङ सम्पन्न गरेर यतिबेला ‘तिमि संग’ को सुटिङमा व्यस्त छिन्। उनि काठमाडौं आए लगत्तै ‘मंगलम’ सेटमा देखिने छिन्। निर्माता छविराज ओझाका सुपुत्र साकार ओझाको मिल्ने साथि भएकाले साम्राज्ञी यो चलचित्र खेल्न राजि भएको बताईएको छ। नवल नेपालले निर्देशन गरेको चलचित्र आउँदो दशैमा रिलिज हुने तयारीमा रहेको छ।

Comments

comments