कति सुन्दर छिन् साम्राज्ञी? (फोटोफिचर)

युवापुस्ता माझ सवैभन्दा लोकप्रिय अभिनेत्री हुन् साम्राज्ञी राज्यलक्ष्मी शाह। ‘ड्रिम्स’ चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी साम्राज्ञीले  पहिलो चलचित्र मार्फत नै सफलताको स्वाद चाखिन्।

२०७२ सालमा चर्चाको शिखरमा पुगेकी साम्राज्ञीको २०७३ मा कुनै पनि चलचित्र रिलिज भएनन्। चलचित्र रिलिज नहुदा कस्तो असर पर्यो त उनलाई।

साम्राज्ञी भन्छिन्,’पक्कै पनि दर्शकको राम्रो साथ पाए पश्चात आफुलाई पनि दर्शकलाई राम्रो चलचित्र दिन मन लाग्छ। बर्ष २०७३ मा म अभिनित कुनै पनि चलचित्र रिलिज भएनन्। मलाइ दर्शक समक्ष चलचित्र लिएर पुग्न नपाएकोमा खल्लो लागेको छ। तर अब २०७४ मा त्यो हुनेछैन।’

उनले यतिबेला ‘तिमि संग’, ‘ए मेरो हजुर २’ र ‘मंगलम’ को छायाँकन सम्पन्न गरिसकेकी छिन्। बर्ष २०७४ मा उनि अभिनित चलचित्र दर्शकले पक्कै हेर्न पाउने छन्।
चलचित्र ‘तिमि संग’ को सुटिङ्ग सेटमा भेटिएकी साम्राज्ञीका केहि तस्विर प्रस्तुत गरेका छौ।

 

तस्विर: मिलन ढुंगाना

 

Comments

comments