साम्राज्ञी भन्छिन्,’अनमोल केसी संग पुन: चलचित्रमा काम गर्न चाहान्छु’ (भिडियो)

‘ड्रिम्स’ चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी साम्राज्ञीराज्य लक्ष्मी शाह पछिल्लो पुस्तामा निकै रुचाईएकी अभिनेत्री हुन्। पहिलो चलचित्र मार्फत नै चर्चाको शिखरमा पुग्न सफल साम्रागि यतिबेला ‘तिमि संग’ र ‘ए मेरो हजुर २’ को तयारिमा रहेकी छिन्। ‘ए मेरो हजुर २’ रिलिजको तयारीमा रहेको छ भने ‘तिमि संग’ छायाकनको क्रममा रहेको छ।

अनमोल केसी स्टारर चलचित्र ‘ड्रिम्स’ मार्फत उदाएकी साम्राज्ञीले पुन एकपटक अनमोल संग स्क्रिन शेयर गर्न मन भएको बताएकी छिन्। नेपाली चलचित्र क्षेत्रको कुन कलाकार संग काम गर्ने ईच्छा छ भनेर सोधिएको प्रश्नमा साम्रागिले,’ स्क्रिप्टको डिमाण्ड भएमा मलाई अनमोल केसी संग पुन एकपटक काम गर्न मन छ।

साम्रागि संग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरेका छौ।

Comments

comments