‘ट्युबलाइट’को पहिलो गीतमा यस्तो देखिए सलमान खान

बलिउड अभिनेता सलमान खानको प्रतिक्षित चलचित्र ‘ट्यूबलाइट’को पहिलो गीत सार्वजनिक भएको छ । ‘सजन रेडियो बजइयो बजइयो जरा…’ बोलको उक्त गीतमा सलमानले म्रज्जाले डान्स गरेका छन् । उक्त गीतलाई मंगलबार सलमानले आफ्नो अफिसियल ट्वइटर अकाउन्टमा सेयर गरेका थिए ।

यस्तै, चलचित्र ट्युबलाइट सन् १९६२मा भारत–चीन बिचको लडाईको कथामा आधारित रहेको छ । केहि समय अगाडी उक्त चलचित्रको टीजर सार्वजनिक भएको थियो । जसमा सलमानलाई सोजो केटाको भुमिकामा देखाईएको छ । यस्तै टीजरमा उनलाई सैनिकको भेषमा पनि देखिएका छन् । चलचित्र ट्युबलाइटमा सलमानको साथै सोहेल खान र चाइनीज नायिका झु झु लीड मुख्य भुमिकामा रहेका छन् । चलचित्रलाई कबीर खानले निर्देशन गरेका हुन । चलचित्र ईदको मौका पारेर रिलिज हुने छ ।

Comments

comments